आवशिय विधालयद्वारा विधार्थि सम्मानित

अर्घाखाँची आवासीय माध्यमिक बिधालय सन्धिखर्क २ बेलवाटीका अर्घाखाँचीले (SEE) परिक्षा २०८१ मा उत्कृष्ट नतिजाका साथ सफल सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई  सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार परिक्षा बोर्ड ले  विद्यार्थीहरुको नतिजा  सार्वजनिक गरेको थियो ।

बोर्डले प्रकाशित गरेको नतिजा अनुसार यस बिधालयको २६ औं ब्याजको रिजल्टमा उत्कृष्ट नतिजा हासिल गरेका ३९ जना बिद्यार्थी हरुलाई भब्य रुपमा संमान गरिएको छ । यसबर्ष उक्त बिधालयबाट ३९ जना परिक्षामा सहभागी सतप्रतिशत सबै बिद्यार्थी नै उतिर्ण भएका थिए ।  साथै बिधालयले २०७६ साल देखी ७१ सालमा उत्कृष्ट नतिजा ल्याउने पुर्ब विद्यार्थी तथा  अभिभावकहरुलाई समेत  बिधालयमा कार्यक्रमको आयोजना गरि संमान गरेको  थियो । उक्त बिधालय बाट यस शैक्षिक शत्रमा ३.९५(जिपिए) ल्याउने बिशाल पराजुली,पुजन सापकोटा,क्षितिज पुन सहितका  ३९ जना बिद्यार्थी र अभिभावकहरु सम्मानित भएका थिए ।

बिधालयले यस बर्ष पनि  उत्कृष्ट नतिजा हासिल गरेको भन्दै बिगतका बर्षहरुदेखी नै बिद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको नतिजाबारे बिस्लेषण गर्दै बिगतदेखी बर्तमान सम्मको अबस्थाबारे बिधालयका प्रबन्ध निर्देशक श्रीकृष्ण भुसालले  तथ्य /तथ्यांक प्रस्तुत गर्नु भएको थियो  । कार्यक्रमका प्रमुख अतिथि एबम सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ उत्कृष्ट नतिजा ल्याउन सफल सम्पुर्ण विद्यार्थी र बिधालय परिवारलाई धन्यवाद दिदै अर्घाखाँची जिल्लाको संस्थागत बिधालय तर्फको सबैभन्दा पुरानो बिधालय भएको बताउनु भयो । नगर प्रमुख श्रेष्ठले भन्नु भयो,  यो बिधालयले सर्बोउत्कृष्ट नतिजा ल्याउपर्ने थियो, कहाँ के  भयो,अब कहाँ कस्को कमजोरी भयो,के गर्न सकिन्छ समिक्षा गरेर योजनाबद्व तबर अर्को बर्ष ४ जिपिए ल्याउने लक्ष्यका साथ र राम्रो सन्देश दिने हिसाबले अगाडी बढ्नु पर्ने बताउनु भयो ।

नगर प्रमुख श्रेष्ठले विद्यार्थीहरुको जहाँ उज्ज्वल भबिस्य छ,त्यही नै अध्ययन गराउनु पर्ने भन्दै जहाँ धेरै सम्भावना छ, त्यही नै पठाउनु पर्ने बताउनु भयो ।कार्यक्रमका विशेष अतिथि एबम शिक्षा बिकास तथा समन्वय एकाई अर्घाखाँचीका प्रमुख बिष्णु बेल्वासेले उत्कृष्ट नतिजा ल्याउन सफल हुने अभिभावक,विद्यार्थी,शिक्षक,बिधालय ब्यबस्थापन समितिको सम्पुर्ण टिमलाई बधाई तथा धन्यवाद ज्ञापन व्यक्त गर्दै विद्यार्थीहरु रुचि चाहाना,नतिजा,आर्थिक अवस्था र क्षमता अनुसार अगाडी बढ्नु पर्ने बताउनु भयो । बिद्यार्थी अब्बल भए जुन क्षेत्रमा गए पनि राम्रो हुने प्रमुख बेल्वासेले बताउनु भयो । अझै राम्रो,गुणस्तरिय शिक्षा,दक्ष जनशक्ति उत्पादन गर्नका लागी बिधालय अगाडी बढ्नु पर्ने समेत बताउनु भयो । कार्यक्रममा सन्धिखर्क वडा न २का अध्यक्ष एबम नगर प्रभक्ता मोतीजङ रायमाझी,गुठी संस्थानका अध्यक्ष राम बहादुर रायमाझी, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष हेमन्त बेल्वासे, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुजन सापकोटा,२०७६ मा उत्कृष्ट नतिजा हासिल गर्ने पुर्ब बिद्यार्थी अन्जु सापकोटा, लगायतले सुभकामना मनतब्य राख्नु भएको थियो । परिक्षामा यस बर्ष उत्कृष्ट  नतिजा प्राप्त गर्ने विद्यार्थी पुजन सापकोटाले बिधालयले आफुहरुलाई  राम्रो शिक्षा,ज्ञान अनुशासन सगै धेरै कुराहरू सिकाएको भन्दै  त्यसलाई आत्मसाथ गरेर अगाडी बढ्ने र आफुहरु  बिधालयको उन्नति प्रगतिमा सधैं साथमा  रहने बताउनु भयो । बिधालयले  बिगतका बर्षहरुमा  4 जिपिए सहित उत्कृष्ट नतिजा ल्याई (mbbs),इन्जिनियरिङ लगायतका महत्त्वपूर्ण विषय अध्ययन गरेको र गर्दै गरेका थुप्रै सफल उदाहरण भएको बिधालयले जनाएको छ । विद्यार्थीले उच्चशिक्षा संगै आफ्नो लागी, परिवार,र सामाजका लागी कति योगदान गरेयो भन्ने नतिजाको मुख्य कसि भएको भन्दै सूचना प्रबिधिको प्रयोग गरि यहीँ देशमा सम्भावना खोज्नु पर्ने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष लिल बहादुर राउत क्षेत्रीले बताउनु भयो ।

संमान कार्यक्रममा बिधालयका विद्यार्थी अभिभावक,शिक्षक,जनप्रतिनिधि, पुर्ब बिद्यार्थी,बिधालयका सस्थापकहरु पत्रकारहरुको उपस्थितमा सम्पन्न भएको ।संमान कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष लिल बहादुर राउत क्षेत्रीको अध्यक्षता प्रबन्धक निर्देशक श्रीकृष्ण भुसालको नतिजा बिस्लेषण ,बिधालयका पृन्सिपल चोपनारायण बेल्वासेको स्वागत मनतब्य र शिक्षक ध्रुव आचार्यको संचालनमा सम्पन्न भएको थियो । अर्घाखाँची जिल्लामा २०४५ सालमा स्थापना भएको उक्त बिधालयले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ । बिधालयले बिगतका बर्ष हरु देखी नै जिल्ला स्तरमै उत्कृष्ट नतिजा ल्याउन सफल थियो  । पोछिल्लो समय बिधालयले पढ्दै,सिक्दै,कमाउदै कार्यक्रम अन्तरगत बिधालयमा तरकारी खेती समेत गरि नयाँ उदाहरणीय काम समेत देखाईरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार