विद्यालयमै पुगेर विद्यार्थीको मुटु जाँच्दै एक चिकित्सक

लुम्बिनी प्रदेशका ६ जिल्लामा पुगेर पछिल्ला ६/७ महिनाभित्र करिब ५० हजार विद्यार्थीको मुटु जाँच गर्न सफल भइसकेका मुटु रोग विशेषज्ञ डा. सुमन्त बन्जाडे हाल सन्धिखर्क क्षेत्रका विभिन्न विद्यालयहरूमा सेवा प्रदान गरिरहनुभएको छ।

एक वर्षभित्र १ लाख विद्यार्थीको मुटु जाँच गर्ने लक्ष्यसहित गाउँ–शहरका विद्यालयहरू चहारिरहनुभएका डा. बन्जाडेले प्युठान, दाङ, रोल्पा, पाल्पा, गुल्मी र अर्घाखाँचीका थुप्रै विद्यालयमा पुगेर विद्यार्थीको मुटु परीक्षण गर्दै आउनुभएको छ।

उहाँका अनुसार यसरी हजारौँ विद्यार्थीको परीक्षण गर्दा ५० जनाभन्दा बढी विद्यार्थीमा गम्भीर मुटु समस्या फेला परेको छ। ती गम्भीर मुटुरोगी बालबालिकाको काठमाडौँस्थित गङ्गालाल हृदय केन्द्रमा निःशुल्क उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।

१५ वर्षभन्दा कम उमेरका बालबालिकाको मुटु उपचार उक्त अस्पतालमा निःशुल्क हुने भएकाले आफ्नो अभियानबाट धेरै विद्यार्थीको रोग पहिचान हुनसकेर यो अभियान अझ सार्थक बनेको डा. बन्जाडे बताउनुहुन्छ।

उहाँको यस मानवीय कार्यलाई हर्ट फाउण्डेसन नेपाल, स्थानीय सरकार, अभियन्ताहरू तथा बुद्धिजीवी सर्कलले निरन्तर सहजीकरण गर्दै आएका छन्। केही समयअघि आफ्नै स्वास्थ्य समस्याले अल्झिनुभएका डा. बन्जाडे हाल रोग पहिचान र उपचारका लागि गाउँ–समुदायमै व्यस्त रहनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार