पूर्वाधारदेखि पर्यटन, कृषिदेखि सुशासनसम्म

शितगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले विकास, सुशासन, कृषि, पर्यटन र सामाजिक रूपान्तरणलाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको छ ।

शितगंगा नगरपालिकाका नगर प्रमुख झविलाल पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “आधुनिक कृषि र पर्यटनको क्षेत्रमा सुधार, सुशासन शितगंगाको चाहाना” भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राखेर ल्याइएको नीति तथा कार्यक्रममार्फत नगरलाई समृद्ध, आत्मनिर्भर, उत्पादनमुखी र प्रविधिमैत्री बनाउने स्पष्ट संकेत दिइएको छ ।

विनियोजित आगामी वर्ष कृषि र पशुपालनलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधार बनाउने लक्ष्य लिइएको छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादन, सुन्तला बगैँचा, अदुवा, बेसार, अलैँची, टिमुर, केराखेती र माहुरीपालन जस्ता नगदे बालीको व्यवसायिक उत्पादन तथा बजारीकरणसँग जोडिएको छ । कृषि यान्त्रिकीकरणलाई बढावा दिने तथा जंगली जनावरबाट हुने बाली क्षतिलाई नियन्त्रण गर्ने कार्यक्रमले किसानलाई राहत दिनेछ ।

पशु विकासतर्फ स्वच्छ दूध, मासु र माछा उत्पादन जोड दिँदै नश्ल सुधार र दुध तथा मासुमा आत्मनिर्भर बनाउने नीति लिइएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले जानाकारी दिनुभयो । निःशुल्क खोप सेवा, नस्ल सुधार, गाउँ उत्पादन प्रोत्साहन अनुदान, पशु उपचार शिविर र कृषि–पशु सेवा केन्द्रको विस्तारले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर विकासलाई अब आर्थिक समृद्धिसँग जोडिएको छ ।नगरपालिकाले उद्योग, होमस्टे, सूचना केन्द्र तथा पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।

सुशासनमा शून्य सहनशीलता, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नागरिक वडापत्र र “मेलमिलापमा आधारित दण्ड–पुरस्कार प्रणाली” लागू गर्ने नीति सुशासनप्रतिको बलियो प्रतिबद्धता मानिएको छ ।

समग्रमा हेर्दा शितगंगा नगरपालिकाको आगामी नीति तथा कार्यक्रम केवल वार्षिक औपचारिक दस्तावेज मात्र होइन, ग्रामीण नगरलाई आधुनिक कृषि, आर्थिक पर्यटन, उत्पादनमुखी अर्थतन्त्र र डिजिटल सुशासनतर्फ लैजाने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।

पूर्वाधार विकासदेखि उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र वातावरण संरक्षणलाई समान प्राथमिकतामा राखिएको यो नीति कार्यान्वयन प्रभावकारी बन्न सके शितगंगा केवल अर्घाखाँचीको एउटा नगरपालिका मात्र नभई टिकाउ विकासको नमुना स्थानीय सरकारका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार