२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

वडा अध्यक्षकाे दौडमा युवा नेता बन्जाडे

कमल बिक , अर्घाखाँची ।

विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय युवा नेता हुन, कुलराज बन्जाडे। नेकपा (माओवादी केन्द्र) निकट विभिन्न संगठनहरूमा रहेर काम गर्दै आएका उनलाई आसन्न स्थानीय तहकाे निर्वाचनकाे लागि पार्टीले भूमिकास्थान- ४ काे वडा अध्यक्ष पदकाे उम्मेदवारकाे रूपमा अगाडि सारेकाे छ। शनिबार बसेकाे वडा कमिटीकाे बैठकले उनलाई सर्वसम्मत वडा अध्यक्षकाे उम्मेदवार घाेषणा गरेकाे हाे।

भूमिकास्थानका वडाहरुमा उम्मेदवार घाेषणा भएकामध्ये बन्जाडे सम्भवतः कान्छा र युवा उम्मेदवार हुन्। वडाकाे नेतृत्व गर्न ‘कपाल फुलेकै मान्छे चाहिन्छ’ भन्ने मान्यतालाई ताेड्दै माओवादीले उनलाई उम्मेदवार बनाएकाे हाे। त्यसाे उनी यहाँका लाेकप्रिय युवा नेता तथा समाजसेवीका रूपमा पनि परिचित छन्। विद्यार्थी जीवनमै राजनीति र सामाजिक क्षेत्रलाई ‘फ्युजन’ बनाएर उनी अघि बढेका छन्।

‘यसअघिका जनप्रतिनिधिप्रति हाम्राे वडाका धेरै मानिसहरू असन्तुष्ट हुनुहुन्छ। त्यसमाथि हामी जत्तिकाे याेग्य र क्षमतावान युवा अगाडि नसरेसम्म गाउँकाे विकास हाेला जस्ताे लागेन। त्यसैले मैले उम्मेदवारी दाबी गरेकाे थिएँ, मलाई पार्टीले पनि विश्वास गरेर उम्मेदवार बनाएकाे छ,’ बन्जाडेले भने।

आफ्नो ठाउँको विकास गर्न युवा नै नेतृत्वमा आउनुपर्ने भन्दै धेरैबाट पाएको सल्लाह, सुझाव र हौसलाबाट थप उत्साहित भएको उनी बताउँछन्। गाउँ ठाउँमा कसैलाई केही समस्या पर्‍याे भने सहयाेग गर्न अगाडि सर्ने भएकाले पनि उनलाई धेरैले रूचाउने गर्छन्। त्यसमाथि उनी गाउँमै बसेर विभिन्न विकास निर्माणदेखि नीति निर्माणमा सुझाव दिँदै आएकाे हुनाले उनकाे नेतृत्वमा सम्रग वडाकाे विकास हुने जनविश्वास छ।

पढाइमा अब्बल, सूचना प्रविधिकाे राम्राे ज्ञान भएका, सबैसँग मिलेर काम गर्न सक्ने, राजनीतिकदेखि प्रशासनिक र कानूनी विषयमा ज्ञान भएका, नयाँ साेच र विचार भएका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न सक्ने भएकाले उनी जस्ताे राम्राे मान्छे वडाकाे नेतृत्वमा आउन चाहनु धेरै राम्राे कुरा भएकाे स्थानीयले बताएका छन्। यसअघि राष्ट्रिय जनमाेर्चले यहाँ चुनाव जिते पनि जनताकाे अपेक्षाअनुसार काम गर्न नसकाे भन्दै धेरै मानिस उनकाे पक्षमा छन्।

बन्जाडेले आफूले चुनाव जित्नेमा ढुक्क भएकाे बताएका छन्। आफूलाई सम्रग वडाबासीकाे साथ र सहयाेग भएकाे उनी दाबी गर्छन्।

‘अहिलेकाे मुख्य समस्या भनेकाे नै अघिल्ला पुस्ताले युवाकाे चाहना अनुसार काम गर्न नसक्नु हाे। अब हेर्नुहाेस् गाउँमा राम्राे बजेट आउँछ तर हाम्रा नेतामा त्यसलाई सही तरिकाले सदुपयाेग गर्न सक्ने क्षमता नै छैन। अब सधै नेतालाई गाली गरेर हुँदैन हामी युवा नै अगाडि सरेर काम गराैँ भनेर म आएकाे हुँ, आशा छ सबैले साथ दिनुहुने छ,’ बन्जाडेले भने।

वडामा भएकाे बढ्दाे भ्रष्ट्रचार नियन्त्रण गरी उपलब्ध स्राेत साधानकाे सही सदुपयाे गर्दै धारापानीलाई कायापलट गर्ने याेजना आफूमा भएकाे उनी बताउँछन्

‘राजनीति सेवा हो, पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने माध्याम बन्नु र बनाइनु हुँदैन भन्ने मेरो मान्यता छ र सोही आधारमा मैले जनताको सेवा गर्न थप प्लेटफर्म पाएमा एकाकार भएर हाम्राे वडाकाे विकास र परिवर्तनमा काम गर्नेछु,’ बन्जाडेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार