२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

अहिलेको सरकार जन बिरोधि हो: चेतनारायण आचार्य

शोभाखर पन्थी, अर्घाखाँची ।

नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले वर्तमान सरकार जन बिरोधि भएको बताउनु भएको छ ।
नेकपा एमाले छत्रदेव-७ वडा कमिटी द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमाले नेतृत्वको सरकारले अर्घाखाँची जिल्लाको निम्ति छुट्टाएको बिकास बजेट कटौती गरेर बर्तमान सरकारले बिकास बिरोधि र जनघाती काम गरेको आरोप लगाउनु भयो । लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका प्रदेश सभा सदस्य आचार्यले जिल्लामा ३० बर्षमा हुन नसकेको बिकास निर्माणको काम आफुहरुले ५ बर्षमै गरेको दाबी समेत गर्नुभयो ।
नेकपा एमाले छत्रदेव-७ वडा कमिटीका अध्यक्ष टामलाल पाण्डेको अध्यक्षता , शोभाकर पाण्डेको स्वागत मन्तव्य र भोजराज पाण्डेको संचालनमा सम्पन्न कार्यक्रम नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रकाश ज्ञवाली ,एमाले जिल्ला कमिटीका उपसचिव शम्भु प्रसाद पोख्रेल ,क्षेत्रीय समन्वय कमिटीका सचिव दिपक पन्थी ,छत्रदेव गाउँ पालिका कमिटीका ईन्चार्ज माधव पन्थी ,नेकपा एमाले जिल्ला प्रचार बिभाग प्रमुख शोभाकर पन्थी ,राष्ट्रिय युवासंघका पुर्व केन्द्रीय सदस्य कमल न्यौपाने ,नव प्रवेसी खिम कुमार श्रेष्ठ लगायतका बक्ताहरुले मन्तव्य राख्दै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लाई विजयी गराउन अग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरि ४५ घर परिवार नेकपा एमालेमा प्रवेश गरेका छन्।
यसरी प्रवेश गर्नेहरूमा नुमबहादुर रायमाझी ,भक्त बहादुर सारु,प्रकाश सोमै,प्रकाश थापा,लालबहादुर थापा,टोपबहादुर सारु,मनबहादुर सारु,विजय सारु,शिखर सोमै,रोमबहादुर टोमाटा,गोमा रायमाझी ,नुमलाल टोमाटा,पुष्पा खत्री,कुलबहादुर टोमाटा,तिलक पाण्डे ,प्रेम सोमै,शिखर सोमौ,भोजराज पाण्डे ,छविलाल पाण्डे ,गोपाल पाण्डे ,रेमकला सारु लगायत हुनुहुन्छ ।
नव प्रवेशिहरु लाई केन्द्रीय सदस्य आचार्य ,नेता ज्ञवाली र जिल्ला उपसचिव पोख्रेल लगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार