हरि कुँवर , अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेवाजबाट व्यवसायी तथा युवानेता राजकुमार श्रेष्ठले वडा अध्यक्षको उम्मेदवारी दिने भएका छन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस को रुख चिन्न लिएर वडा अध्यक्षको उम्मेदवारी दिने भएका हुन ।
सामाजिक कार्य गर्दै आएका श्रेष्ठ नेपाल तरुण दल भुमिकास्थान नगर समितीका अध्यक्ष नुवाकोट दिपज्योती युवा परिषद को अध्यक्ष अर्घाखाँची सेवा कतारका पुर्व कोषाध्यक्ष लगायतका संस्थाहरुमा सक्रिय रहेका थिए ।
‘गाउँ–गाउँ जाऔं, काँग्रेस जिताऔँ’ अभियानमा वर्तमान सरकारका उपलब्धि, एमसीसीबारे जनतालाई प्रस्ट पार्नुपर्ने समेत श्रेष्ठले बताए ।