१४ बैशाख २०८२, आइतवार
१४ बैशाख २०८२, आइतवार

जनमोर्चालाई कमजोर नसम्झिन युवा नेता कविराम खनालको चेतावनी

टेकराज भुसाल , अर्घाखाँची ।

राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका जिल्ला सदस्य तथा युवा नेता कविराम खनालले अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चालाई कमजोर नसम्झिन चेतावनी दिएका छन्।

खनालले साेमवार साँझ सामाजिक संजाल फेसबुक मार्फत अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चालाई कमजोर नसम्झिन चेतावनी दिएका हुन।

खनालले लेखेका छन् `जाे जससँग सम्बन्ध राख्दछ राजमाे अर्घाखाँचीले भाेली बाेल्ड निर्णय लिदै छ राजमाेलाई कमजोर नसम्झ´ ।

नेता खनालको यो पाेष्टले अर्घाखाँचीमा केही नयाँ निर्णय आउने देखिएको छ।

उता जिल्लामा ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखे पनि अहिलेसम्म सहमतीमा पुग्न सकेका छैन।

अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चा बिना गठबन्धन भएमा एमालेले सहजै हराउने अनुमान गरिएको छ भने गत २०७४ सालको स्थानीय चुनावी परिणामलाई हेर्दा पनि भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमाेर्चाले एक्लै चुनाव जित्ने देखिन्छ।
२०७४ सालको चुनावमा राष्ट्रिय जनमाेर्चाका उम्मेदवारलाई कांग्रेस- माओवादी गठबन्धनका उम्मेदवारले थोरै मतले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार