८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अर्घाखाँचीमा चुनाव : उपमेयर नपाउँदा एकीकृत समाजवादी बाहिरियाे, जनमाेर्चालाई पालिका अध्यक्ष

सागर महत ,अर्घाखाँची ।

जिल्लामा पाँच दलीय गठबन्धनबीच स्थानीय चुनावको लागि भागभण्डा नमिल्दा सहमति जुट्न सकेको छैन ।

कुल १ लाख ७७ हजार २ सय जनसंख्या रहेको जिल्लमा १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेका छन् । ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका रहेका छन् । जिल्लामा ६१ वटा वडाहरू रहेका छन् ।

गत निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रस तथा माओवादी केन्द्र र नेकपा (एमाले)ले एक/एक स्थानको प्रमुखमा जितेका थिए । स्थानीय तहको निर्वाचनका लागि यो पटक जिल्लामा १६ वटा दलको सहभागिता जनाउँदै छन् ।

यता, जिल्लामा गठबन्धन उम्मेदवारको विषयमा अलमल रहँदा नेकपा (एमाले)ले तीन वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । तीन पापिलकामा भने आकांक्षी धेरै भएकाले सिफारिस गरिएको छ ।

एमालेमा पुर्व माओवादीका नेता तथा हालका एमाले सचिव टोपबहादुर रायमाझीसहित माओवादी केन्द्र ठूलो शक्ति एमाले प्रवेश गरेका जित आफूहरूकै भएको उसको दाबी छ ।

एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का, ६ पालिकासहित ६१ वडामा आफ्नो पार्टीले झण्डा गाड्ने बताउनुहुन्छ ।

जिल्लामा कांग्रेस बलियो जनमत भएको पार्टीको रूपमा चिनिन्छ । उसले पालिकामा आफ्ना उम्मेदवारहरू प्रस्तुत गरेको छ । यद्यपि सार्वजनिक भने गरिसकेको छैन । गठबन्धनको बैठकले त्यसलाई मान्यता दिएपछि मात्र सार्वजनिक गरिने कांग्रेसका जिल्ला सचिव कृष्ण खनाल बताउनुहुन्छ ।

उता, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज ठाकुरकुमार विक पनि नेकपा (एमाले)लाई क्लिनस्विप गराउनकै लागि गठबन्धन आवश्यक रहेको बताउनुहुन्छ । आम कार्यकर्ताको भावना अनुसार गठबन्धन सफल हुने उहाँको भनाइ छ ।

गठबन्धनमा कांग्रेसलाई चार तथा माओवादी र राष्ट्रिय जनर्मार्चा लाई एक/एक पालिका प्रमुख दिने मोटामोटी सहमति भएको छ । यद्यपि माओवादीले थप एक पालिका आफूलाई दिनुपर्ने अडान राखेको छ ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको चर्चा छ । शितगंगा नगरपालिकामा उपमेर नपाउने देखेपछि पार्टीले छुट्टै चुनाव लड्ने सम्भावना बढेर गएको छ । वडा तहमा जनमतको आधारमा हेरेर भागबण्डा गर्ने तथा एकिकृत समाजवादीलाई केही वडाध्यक्ष तथा सदस्य दिने भने पनि सहमति जुट्न नसकेकाे हाे ।

स्थानीय तह राजनीति गर्ने थलो नभएको भन्दै विकास गर्ने, भ्रष्टाचार नगर्ने, कार्यकर्तालाई नपोस्ने र सबैलाई न्यायोचित व्यवहार गर्ने व्यक्तिलाई जिताउनुपर्ने स्थानीयको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार