८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

मालारानीको वडा अध्यक्षपदमा सुरज विक

नविन रसाईली, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ५ मा जनता समाजवादी पाटी नेपाल (जसपा) बाट सुरज विकले वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । विकले ‘अबको निकास समावेशी विकास, समृद्धि सम्भव छ हाम्रो पालामा’ भन्ने मुल नाराका साथ वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन ।

युवा नेता सुरज लामो समय देखि राजनैतिक क्षेत्रमा कृयाशिल हुँदै राजनैतिक एवं सामाजिक क्षेत्रमा काम गर्दै आएका हुन् । उनि जनमुक्ति सेना, वाईसेल नेपाल हुँदै अहिले जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा जसपा अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य समेत रहेका छन्।

आफ्नो ठाउँको विकास र समृद्धिको निम्ति उम्मेदवारी दिन लागेको उनि बताउन्छन् । युवाहरुको साथ र सहयोग व्यापक रहेको पनि उनले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार