९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

माओवादी अध्यक्ष रानाभाट एमालेमा

शोभाखर पन्थी , अर्घाखाँची ।

 

निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँची जिल्लामा नेकपा एमाले प्रवेश गर्नेहरूको लहर चलेको छ ।
नेपाली कांग्रेस ,माओवादी केन्द्र ,राष्ट्रिय जनमोर्चाका कार्यकर्ता तथा समर्थकहरु दिन प्रतिदिन नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।
यसैबीच आज नेकपा माओवादी केन्द्र सन्धिखर्क १० नम्बर वडा कमिटीका अध्यक्ष डिलबहादुर राना भाट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सन्धिखर्क १० निवासी राना भाट अर्घाको स्थापित नेता हुनुहुन्छ ।

उहाँ सँगै राष्ट्रिय जनमोर्चाका राजु नेपाली लगायत माओवादी केन्द्र र अन्य पार्टीका केही कार्यकर्ता पार्टी प्रेवेश गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले देउवा नेतृत्वको सरकार देश र जनताको निम्ति बाधक भएको बताउनुभयो । सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको भन्दै उहाँले यो सरकार केहि महिना मात्र टिके पनि देशले ठुलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो । जिल्लाको बिकास बजेट कटौती गरेर गठबन्धन सरकारले जनमत माथि घात गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष भुसालले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले अधिकाम्स ठाउँमा विजय हासिल गर्ने बताउनुभयो ।
नेकपा एमाले सन्धिखर्क-१० वडा कमिटीका अध्यक्ष ऋषिकेश भुसालको अध्यक्षता, उपसचिव ध्रुव आचार्यको स्वागत मन्तव्य र सचिव हरिप्रसाद मरासिनीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझी ,सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,वडा अध्यक्षका उमेदवार लक्ष्मीनारायण चुँदाली ,नवप्रवेशि डिलबहादुर राना भाट लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार