८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

विरोध प्रदर्शन तथा चुनावी सभा सम्पन्न, नेता रायमाझीले भने काङ्ग्रेस गठबंधन संग विचारको लडाइ सकियो

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ अर्घातोषमा नेकपा एमालेको विरोध प्रदर्शन तथा चुनावी सभा सम्पन्न गरेको छ ।

नेकपा एमाले सचीव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीले विरोध प्रदर्शन तथा चुनावी सभा कार्यक्रम लाई सम्बोधन गर्दै छत्रदेव गाउँपालिकामा एमालेले जित्ने सुनिश्चित भएपछि दिनमा नसकेर रातिमा उमेदवार प्रति आक्रमण भएको बताएका छन । नेता रायमाझीले पतन भएका काङ्ग्रेस गठबंधन संग विचारको लडाइ सकिएको बताएका हुन । काङ्ग्रेस नेतृत्वको गठवन्धन संग विचारको लडाइ सकियो यदि हामी लड्न चाहेको भए एक इसारामा ठुलो युद्ध हुने नेता रायमाझीले बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल)काे केन्द्रिय सदस्य बोम ब. बिक , केन्द्रीय सदस्य चेतनारायण अचार्य, एमाले पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपसचिव शम्भुप्रसाद पोखरेल,प्रदेश सदस्य प्रकाश ज्ञवाली,प्रदेश सदस्य धनीस्वर पाण्डे ,प्रदेश सल्लाहकार सदस्य हर्षोदिन मिया, युवा संघ इन्चार्ज खुबीराम आचार्य , कार्यलय इन्चार्ज लिल ब. बिक , लन्का यातायात प्रालिका अध्यक्ष कृष्ण भुसाल , खेलकुद महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हेनरी बस्नेत, युवा संघ सन्धिखर्कका अध्यक्ष बिनोद बस्नेत लगाएत एक हजार युवाहरूको उपस्थितिमा करिब एक किलोमीटर सम्म विरोध प्रदर्शन गरी कोटादेव मन्दिर नजिकै सभामा परिणत भइ सम्पन्न भएको थियो।


बिहीबार रात्रि ९ बजे कांग्रेस नेतृत्वको गठवन्धनको एक जत्थाले वडा सदस्यका उम्मेदवार हुमप्रसाद श्रेष्ठ लाई सांघातिक आक्रमण गर्दा टाउकाको बाया भागमा ढुंगा प्रहारबाट गम्भीर घाइते बनाएको नेकपा एमालेले प्रेस विज्ञप्ति जारीगरि जानकारी दिएको थियो ।

प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार