दुईवर्षभित्र १ घर १ धारा सम्पन्न गर्ने पाणिनि-६, धातिवाङ्गका नवनिर्वाचित जनप्रतिनिधिकाे पहिलो निर्णय

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा नवनिर्वाचित वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल, वडा सदस्यहरू तारा पाैडेल, खगेश्वर पाैडेल, हरिप्रसाद पाैडेल र पुनीकुमारी कामीले पदभार ग्रहण गर्नुभएको छ । बिहान ८ बजे वडा कार्यालयमा धार्मिक विधिअनुसार पदभार ग्रहण गर्नुभएको हाे ।

वडाका कार्यवाहक वडा अध्यक्ष पुनाराम पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डा. इन्द्रमणि पाैडेलले जनप्रतिनिधिहरूले मुस्कान सहितकाे सेवा दिन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले धातिवाङ्गका अध्यक्ष टामलाल पाैडेलले जनताकाे प्रतिनिधि भएर काम गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा समाजसेवी थानेश्वर पाैडेल, काँग्रेसका कार्यवाहक सभापति तारापति पाैडेल, पाणिनि गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पाैडेल, धातिवाङ्ग स्वास्थ्य चाैकी इन्चार्ज मित्रदेव पाैडेल, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पाैडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

पदभार ग्रहण पछि बसेकाे वडाकाे बैठकले आगामी २ वर्षभित्र धातिवाङ्गका सबै घरधुरीमा खानेपानीकाे व्यवस्था पुर्‍याउन १ घर १ धारा अभियान सम्पन्न गर्ने गरि निर्णय गरेकाे छ ।

कार्यक्रम वडा सचिव गिता वाग्लेकाे स्वागत तथा कर्मचारी इन्द्रमणि पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार