काठमाडौं । मूल्य वृद्धिको विरोधमा एमाले सम्वद्ध विद्यार्थी र युवा संगठनले आज काठमाण्डु उपत्यकासहित देशैभर सरकारी गाडी नियन्त्रणमा लिने भएका छन् ।
अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पेट्रोलियम पदार्थ र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि विरुद्ध सरकारी गाडीमा रोक लगाउन लागिएको जानकारी दिइन् ।
बिहान ९ बजेदेखि काठमाण्डुका मुल सडक तथा जिल्ला सदरमुकाममा सरकारी गाडीको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी इकाइमा बुझाइने बरालले बताइन् ।