२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणाम अनुसार साहले ६१ हजार ७६७ मत ल्याउँदै महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत ल्याएर विजयी भएकी छिन् । सुनिताले सबै भन्दा धेरै मत ल्याएकी हुन ।

साह ले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई २३ हजारर ४२६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिंहले ३८ हजार ३४१ मत ल्याइन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार