१४ बैशाख २०८२, आइतवार
१४ बैशाख २०८२, आइतवार

नेकपा माओवादी जिल्ला इन्चार्ज सहित चारजना एमालेप्रवेश

काठमाडौं ।

नेकपा माओवादी जिल्ला इन्चार्ज सहित चारजना एमालेप्रवेश गरेका छ्न ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले) मा प्रवेश गरेका हुन।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा असार १० गते एक कार्यक्रमका बीच गौतम लगायतका माओवादी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन ।

तीनदशकभन्दा बढी समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका गौतम विद्यार्थी राजनीतिकका क्रममा २०६३ सालमा अनेरास्ववियु (छैटौं) को अध्यक्ष थिए।

उनीसँगै पार्टीमा प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा रूपन्देही जिल्ला इञ्चार्ज पवन रेग्मी, वाइसीएल नेपालका स्थायी समिति सदस्य दिवस पाण्डे, लुम्बिनी प्रदेश कमिटी सदस्य कलिभान रोका रहेका छ्न ।

सो अवसरमा अध्यक्ष ओलीले माओवादीहरू दक्षिणपन्थी मोर्चामा गएको प्रसंग उठाउँदै प्रतिक्रियावादीको नेतृत्वमा गएर समाजवादमा नपुग्ने बताए ।

दुनियाँमा जस्तै नेपालमा पनि अहिले पूँजीवादी र समाजवादी धु्रबीकरण भइरहेको उल्लेख गर्दै पूँजीवादीहरूको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको र समाजवादतर्फको यात्रामा एमाले एउटा शक्तिका रूपमा अगाडि बढिरहेको बताए ।
देश बनाउने अभियानमा नेकपा(एमाले)सँग सही नीति, विचार,लक्ष्य, गन्तव्य र संगठन रहेको वताउँदै अध्यक्ष ओलीले भने– ‘नेता गौतम कसैले सम्झाएर होइन, यस पार्टीमा रहेर मात्र परिवर्तनको आन्दोलनमा योगदान पुर्याउन सकिन्छ भन्ने सही निष्कर्षका साथ प्रवेश गरेका छ्न , जुन कुरा अत्यन्त सही छ र म उहाँलाई स्वागत गर्दछु ।’

अध्यक्ष ओलीले २०१५ साल र त्यसयताका सबै निर्वाचन भन्दा यसपटकको स्थानीय निर्वाचन भ्रष्ट निर्वाचन भएको र एमालेका विरूद्ध सत्ता गठबन्धन दलहरूले राज्यसत्ताको चरम दुरुपयोग गरेका कारण केही सिट गुमाउनुपरेको बताए ।

संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनको लोकप्रिय जनमतमा अहिले पनि एमाले एक नम्बर पार्टीका रूपमा रहेको चर्चा गर्दै अध्यक्ष ओलीले सही विचार, सही गन्तव्य र सुदृढ संगठन रहेको हुँदा पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त समेत गरे ।

पार्टी प्रवेश गर्नेहरू सबै समान नेता कार्यकर्ता हुनुहुन्छ भन्दै सबैले समुचित ढंगले जिम्मेवारी पाउने अध्यक्ष ओलीले बताए । उनले कम्युनिष्टमात्र होइन, पार्टीको नीतिमा सहकार्य गर्न चाहने सबैलाई सँगै लिएर जाने स्पष्ट पारे ।
पार्टी प्रवेश गरेका नेता गौतमले मुलुकमा बामपन्थी धु्रबीकरणको आवश्यकता रहेको र त्यसको नेतृत्व नेकपा(एमाले)ले गर्न सक्छ भन्ने आफ्नो निष्कर्ष रहेको बताए ।

उहाँले अव देश र जनताको अवस्थामा परिवर्तन ल्याउनुपर्ने बेला भएको र यो काम प्रतिक्रियावादीलाई नेतृत्व सुम्पेर सम्भव नहुने बताए।

बामपन्थी धू्रबीकरण अभियानका रूपमा ठूलो संख्यामा साथीहरू एमालेमा समाहित हुने वताउँदै आफूहरुको यो प्रवेश त्यसैको संकेत भएको स्पष्ट पारे ।

पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य ठाकुर गैरे, केन्द्रीय सदस्य कोमल ओली, गंगा चौधरीलगायतका नेताहरूको उपस्थिति रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार