युकेमा वार्षिक भेटघाट तथा बृहत सांस्कृतिक कार्यक्रम हुने

लण्डन ।

खोटाङ सेवा समाज युकेले वार्षिक भेटघाट कार्यक्रमको साथै बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यही अगस्ट २० तारिखको दिन बेजिङस्टोकस्थित कार्निभल सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको संस्थाले जनाएको छ ।

संस्थाद्वारा वर्षेनी आयोजना गर्दै आइरहेको वार्षिक भेला कोभिड–१९ को कारण केही वर्षदेखि हुन सकिरहेको थिएन ।

बेलायतवासी खोटाङ्गेहरू वर्षमा एकपटक जम्मा भएर भेटघाट गर्ने र आपसमा भलाकुसरी गर्ने अवसरको लागि आयोजना गरिने कार्यक्रमलाई थप उपलब्धिमूलक र मनोरन्जनको लागि नेपालबाट केही कलाकारहरू झिकाउने र युकेको कलाकारहरूको सहभागितामा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने संस्थाका अध्यक्ष डा प्रमोद कोयी राईले बताउनु भयो । कार्यक्रममा बेलायतवासी युवा खोटाङ्गेहरूबाट शिक्षा, खेलकुद र अतिरिक्त क्षेत्रबाट उत्कृष्ट एक जनालाई नव प्रतिभा पुरस्कारद्वारा सम्मान गरिने छ । सम्मानमा रनिङ शील्ड र प्रोत्साहनको लागि केही नगद राशी रहेको छ । उच्च शिक्षा हासिल गरेका र अन्य क्षेत्रमा उच्च सफलता प्राप्त गरेका व्यक्तिहरूलाई पनि कार्यक्रममा सम्मान गरिने भएको छ । साथै बेलायतमा बिभिन्न व्यापार व्यावसाय गरिरहेका खोटाङ्गेहरूलाई पनि यसपटक सम्मान गरिने जनाएको छ ।

यस संस्थाले गत वर्षको कोभिड–१९ को समयमा ‘अक्सिजन पठाऔं आफन्तको ज्यान बचाऔ’ भन्ने कार्यक्रम सञ्चालन गरेर बेलायतवासी खोटाङ्गेहरू तथा गैर खोटाङ्गेहरूबाट २४ लाखभन्दा बढी रकम संकलन गरेर दुई चरणमा अक्सिजन सिलिण्डर, एक्सरे मेसीन र अन्य धेरै मेडिकल सामानहरू खोटाङ्को जिल्ला हस्पिटल र हेल्थपोष्टहरूमा वितरण गरेर धेरै कोभिड बिमारीहरूको ज्यान जोगाएको थियो भने अझ पनि जिल्लावासीले उपचार पाइरहेका छन् । संस्थाले अर्को वर्ष बेलायतमा रहेका खोटाङ्गे डाक्टरहरूको एक टोलीले खोटाङ्को गाउँहरूमा ‘हेल्थ क्याम्प’ सञ्चालन गर्ने योजना बनाएको छ । संस्थाका अध्यक्ष डा प्रमोद कोयी राई स्वयम् एनएचएस डाक्टर भएकाले ‘हेल्थ क्याम्प’ प्रभावकारी हुने बताउँछन् । यस कार्यक्रम अन्तर्गत जिल्लाको बिभिन्न गाउँहरूमा स्वास्थ सिबिर सञ्चालन गरेर जनचेतनामूलक कार्यक्रम गरिने छ भने गाउँलेहरूलाई प्राथमिक उपचार गरिनेछ । यही समयमा ‘यूथ भिजिट खोटाङ्’ अन्तर्गत युवा तथा वालवालिकाहरूलाई पनि खोटाङ्को बिभिन्न ठाउँहरूको भ्रमण गराउने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

सन् २००७ सालमा स्थापना भएको खोटाङ सेवा समाज युकेले सन् २०१५ सालमा खोटाङ्गको बिभिन्न गाउँहरूमा सात एम्वुलेन्स वितरण गरेको थियो । व्यवस्थापन कम्जोर भएकोले केही एम्वुलेन्स बिग्रिए पनि अधिकांश एम्वुलेन्सहरू सञ्चालनमा रहेका छन् ।

खोटाङ सेवा समाज युकेले जिल्लावासीको लागि खोटाङ प्रतिभा पुरस्कार र खोटाङ नागरिक सम्मानद्वारा खोटाङ्गेहरूलाई पुरस्कृत र सम्मानित गर्दै आइरहेको छ । विगतमा खोटाङ्ग जिल्लामा बाढीपहिरो तथा बिपदको समयमा पनि सहयोग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार