२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

मानव अधिकार एलाइन्स अर्घाखाँची ले २३ औं स्थापना दिवस मनायो

हरि कुँवर, अर्घाखाँची ।

मानव अधिकार एलाइन्स नेपाल अर्घाखाँची जिल्ला शाखाले २३ औं स्थापना दिवसको अवसरमा बुधबार सन्धिखर्कमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।


मानव अधिकार एलाइन्सका पुर्ब केन्द्रिय सदस्य तथा प्रमुख अथिती प्रेमनारायण गैरेले मानवअधिकारको उल्लंघनका घटना अझै पनि नरोकिएको बताएका छ्न । त्यसविरुद्ध एलाइन्स सक्रिय भएर लाग्ने बताए। आगामी दिनमा अभिभावकको भूमिका निर्वाह गर्न आफू सँधै तयार रहेको बताएका थिए । प्रतिबद्ध भएर सहयोग तथा सहकार्य गर्न सम्पुर्ण लाई आग्रह गरे ।

मानव अधिकार एलाइन्स अर्घाखाँचीका मानव अधिकार एलाइन्सका निबर्तमान अध्यक्ष शुशिला गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासघ अर्घाखाँचीका निबर्तमान अध्यक्ष हिम लेकाली , सामुदायिक बन उपभोता महासंघ रामचन्द्र पोख्रेल, लोकतान्त्रिक अपागं माहसंघका प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे, दलित अधिकारकर्मी जिल्ला सञ्जाल विष्णु परियार,प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, प्रेस चौतारी जिल्ला सहसचिव सिदार्थ केसी, पत्रकार महासंघका जिल्ला सदस्य गोपाल भटराइ सन्तोष भटराइ, बुद्धिजिवि परिषदका जिल्ला सदस्य कविता गैरे, मुनाल महत , साहित्यकार वुद्धि गैरे विद्यार्थी नेता विक्रम नेपाली लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम मानवअधिकार कर्मी नारायण भुसालले संचालन गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार