अर्घाखाँची ।
नेकपा (एमाले) भुमिकास्थान नगर कमिटीको पाचौँ पूण बैठक ०७९ वैशाखको ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा गदै नुवाकोटको पोखेडाँडामा सम्पन्न भएको छ ।
वैठकले स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनसँग जोडिएका राजनीतिक दलहरुको बरावर हैसियत हुदा पनि पार्टीको मत
वढानउन सफल भएको र प्राविधिक कारणले चुनावमा पराजय हुन पुगेको निष्कर्ष निकालेको छ ।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटीका सदस्य तथा युवा नेता प्रेम नारायाण गैरेले स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनलाई पराजयको नजिक पुराउनुनै नेकपा एमालेको सफलता भएको बताउनुभयो । तर हामी यसैमा सन्तोष मानेर वस्ने स्थिति छैन आगामी प्रदेश र संघीय निर्वाचानमा नेकपा एमालेका उम्मेदवारलाई विजय गराउन आजैका दिनदेखि लाग्न सवै नेता
कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा (एमाले)का जिल्ला कमिटी सचिव युवा नेता तोज बहादुर रायमाझी विधानले भुमिकास्थान नगरपालिकामा नेकपा (एमाले)को प्राप्त मतलाई रक्षा गर्न सके आगामी निर्वाचनमा जस्तोसुकै गठबन्धलाई पनि पराजय गर्न सक्ने भन्दै सबै नेता कार्यकर्तालाई उत्साहका साथ पार्टी काममा लाग्न अनुरोध गर्नुभयो ।
वैठकमा नेकपा एमालेका जिल्ला कमिटीका सदस्य तथा भुमिकास्थान नगर कमिटीका इन्चार्ज खगेश्वर पन्थी, सह इन्चार्ज रेशम थापाले लगाएतका नेताहरुले मन्तव्य राखेका थिए ।
वैठकमा भुमिकास्थान नगरपालिकामा र वडाहरुमा पराजय हुनुको आन्तरिक र वाहय कारणको अध्यान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले साउन २० गतेभित्र नगर कमिटीलाई प्रतिवेदन वुझाउने छ । वैठकले पार्टीका सवै वडामा साउनको ५ गनेसम्म वैठक वस्ने, चुनावी समीक्षा गर्ने, सदस्यता वितरण र
नविकरण जनसंगठनहरुका वैठक, अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमालेका भुमिकास्थान नगर कमिटीका सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसालले जानकारी दिनुभयो ।
वैठक नेकपा एमालेका लुम्विनी प्रदेश कमिटीका सदस्य प्रेम नारायण गरैको प्रमुख आथित्यता, जिल्ला कमिटी सचिव तोज वहादुर रायमाझिको विशेष आथित्यता जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज खेगेश्वर पन्थी, सह इन्जार्च रेशम थापा, जनकलाल गैरे, बशन्ता पौडेल जिल्ला सल्लाहकार सदस्य खेमराज चुदालीको
आथित्य नगर कमिटी अध्यक्ष मणि पौडेलको अध्यक्षता र सचिव टामलाल भटराइको सञ्चालनमा सम्पन्न भएको नारायण भुसालले जानकारी दिनु भयो ।