१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

माधव खनाल, अर्घाखाँची ।

राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड १ को आयोजनामा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्यहरु डासिराम खनाल कमल खनाल र नारायण खनालकी ममतामयी माता स्वर्गीय पुर्णकला खनाको ११ औं दिनको पुण्यतिथि पारी श्रद्धाञ्जली शभा सम्पन्न गरेको छ ।

श्रद्धाञ्जली शभामा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसिले स्वर्गीय खनालको निधनले गर्दा आज राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ ले कुसल अभिभावक गुमाउदा आफू र आफ्नो पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो ।

साथै नेता केसिले स्वर्गीय खनालले पार्टिप्रती पुर्याएको योगदान प्रती उच्च सम्मान प्रकट गरि उहाँले देखाएको बाटोमा लाग्न आफ्ना नेता तथा कार्यकर्ता लाई आव्हान समेत गर्नुभयो ।
श्रद्धाञ्जली शभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भोजराज खनाल भुमिकास्थान १ का राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष खुविराम खनाल अखिल नेपाल शिक्षक संघका नगर सचिव रामप्रसाद खनाल कृष्णप्रसाद खनाल नेपाली काङ्ग्रेसका प्रतिनिधि स्यामप्रसाद खनाल माओवादी केन्द्रका कमल बिक लगायतको उपस्थित रहेको थियो ।

श्रद्धाञ्जली शभा स्वर्गीय खनालका जेष्ठ छोरा डासिराम खनालको अध्यक्षता र हिमलाल खनालको संचानमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार