१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

चराविज्ञ कलाकार पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं,।  वरिष्ठ चरा चित्रकार तथा चराविज्ञ कलाकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको माघ १७ गते गङ्गालाल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। १५ औं पुण्य तिथि पारेर बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।

अग्रज कलाकार के के कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. रमेश शुभेच्छुले कलाकार पौडेलको जीवन र व्यक्तित्व एवम् सिर्जनात्मकताको विषयमा धारणा राख्नुभयो।

उहाँको विषयमा उहाँका सहपाठी अग्रज कलाकार हरिप्रसाद शर्माले केही सम्झना सुनाउनुभएको थियो। कार्यक्रममा मुकेश मल्ल, साहित्यकार एवम् हेम पौडेलकी धर्मपत्नी साहित्यकार गंगा पौडेलले उहाँको विषयमा धारणा राख्नुहुँदै श्रद्धाञ्जली अर्पण गर्नुभयो।

श्रद्धाञ्जली सभामा अवसरमा प्रा.डा देवी नेपाल ,ओमप्रसाद कोइराला र रुपक राईले श्रद्धाञ्जली कविता वाचन गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार