बालकृष्ण गजुरेल
सहरमा ठूलो कार्यक्रम थियो । विराजमान वक्ता थिए । उनी चिच्याए, ‘तपाईंकै स्वतन्त्रताका लागि हामीले क्रान्ति गरेका हौँ ।’ अर्को शब्द बोल्नु पूर्व उनी ढले । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगियो । डाक्टरले सबै चेक जाँझ गरे । उनका भिन्न-भिन्न अंगहरुले भिन्न-भिन्न कार्य सम्पादन गरिरहेका थिए ।
विदेशी भिटामिन र मिनरलले बचाएको मात्र थियो । उनको शरीरमा ठ्याम्मै तागत थिएन ।
उनको श्रीमतीले सल्लाह मागिन्, ‘डा. साब उहाँ ठिक हुनुहुन्छ नि ?’डाक्टरले भने, ‘ठ्याक्कै ! नेपालकै गणतन्त्रजस्तो भएको छ । क्रान्ति जहिल्यै ज्ञान तथा ध्यानबाट आउँथ्यो। कसैले बुझेनन् । बिदेशी व्यवस्थापनमा हेड अफ द नेसन फ्याँकियो । अहिले शरीरले पूर्णविराम खोजिरहेको छ ।’