पाणिनिमा कार दुर्घटना : उपचारकाे क्रममा बालककाे मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा कार दुर्घटनामा घाइते एक जना बालककाे उपचारकाे क्रममा  मृत्यु भएको छ ।
सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती दुर्गाफाट सडक खन्डको पाणिनी ८ कोलडाडाको ओरालोमा बुधवार अनियन्त्रित भई दुर्घटना हुदा ७ जना घाइते भएका थिए । घाइते मध्ये अर्घाखाँची भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उहाँको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो ।
घाईते हुनेमा भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि ३० वर्षिय सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कंडेल र १० वर्षिय जेशन बस्नेतकाे जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकाे प्रहरी प्रमुख प्रतिकसिंह राठाेरले जानकारी दिनुभयाे । गाडी सडकबाट अन्दाजी २०० मोटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार