अर्घाखाँची । तिहारकाे समयमा सन्धिखर्क नगरपालिकाले अनुगमन निरन्तरता दिएकाे छ । बजार अनुगमनको क्रममा ३५ पसलहरूबाट झन्डै ५० हजार मुल्यका प्लास्टिकका माला जफत गरि नष्ट गरेको हाे ।
नगरपालिकाले आज बगैचा ,चुत्राबेशी, भक्तीटोला ,फुतबाङ्गलगायका बजारबाट प्लास्टिकका माला जफत गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे ।
प्लास्टिकजन्य उत्पादनहरूले वातावरणका लागि हानिकारक हुने भएकाले यसलाई निरुत्साहित गर्ने नीति अनुसार बजारमा प्लास्टिकका माला प्रतिबन्ध गरिएकाे नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयाे ।
सम्बन्धीत सरोकारवालाहरूसँगको संयुक्त बैठकले स्थानीय फूलको उपयोग बढाउन तथा प्लाष्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्णय कार्यान्वय गर्न अनुगमन तीब्र पारेको अनुगमनटोली प्रमुख मुक्ति खनालले जानकारी दिनुभयाे ।
सन्धिखर्क नगरपालिकाकाे बजार सुन्दरताकाे अभियान : प्लास्टिकका माला जफत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
Advertisement
ads-all











