बस दुर्घटनाका मृतककाे पहिचान खुल्याे

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा भएकाे बस दुर्घटना भई मृत्यु भएका ४ जनाकाे पहिचान भएकाे छ ।
शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियाे भने २७ जना घाईते छन् ।
मृत्यु हुनेमा बुटवल उप–महानगरपालिका–८ निवासी ५५ वर्षीय जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ४५ वर्षीय उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीय सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाट बस्ने ५० वर्षीय चालक मदन कुमार विक रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुमा नवलपरासी पश्चिम बर्दघाट वडा नम्बर–१२ बस्ने वर्ष ३६ को सन्तोष कडेंल, सोही ठाउँका वर्ष ४ को अमर कडेंल, वर्ष १९ को अरुण भट्टराई, वर्ष ३१ को आशिष अधिकारी, वर्ष २७ की लक्ष्मी अधिकारी, वर्ष ४ की आन्दा अधिकारी, वर्ष १४ को आयान्स अधिकारीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।
यस्तै वर्ष ४० की चन्द्रकला भट्टराई, रुपन्देहीको देवदह बस्ने वर्ष १७ को सक्षम चापागाई, बर्दघाट–१५ बस्ने वर्ष ४५ को मित्रबन्दु अधिकारी, बर्दघाट–१४ बस्ने वर्ष ५५ को कलम सापकोटा, वर्ष ४८ को लक्ष्मण पंगेनी, वर्ष ४० मनकुमारी घिमिरे, वर्ष २९ को दिपक अधिकारी, बुटवल बस्ने वर्ष ५० का दण्डपानी बस्याल, बर्दघाट –१४ वर्ष ३६ की झविकला पाण्डे, बुटवल बस्ने वर्ष २५ को गणेश बस्याल, बुटवल उ.म.न.पा.–१३ बस्ने वर्ष ३२ को रामु अधिकारीको प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भईरहेको छ ।
अन्य केही घाईतेको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । उद्दारपछी घाईतेहरुलाई उपचारका लागी प्राथमिक उपचार केन्द्र ठाडा र ७ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक विष्णुप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।
बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार