मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीमा भुसाल

मदन भण्डारी फाउन्डेसनको भेला शनिवार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

भेलाले एमाले नेता एवं अर्घाखाँचीका राजनीतिक, शैक्षिक  सामाजिक ब्यक्तिव श्रीकृष्ण भुसालको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेकोछ ।

नवगठित मदन भण्डारी फाउन्डेसन अर्घाखाँची जिल्ला समितिको सदस्यहरुमा बिष्णु प्रसाद मिश्र,हंसपुर, दुर्गा अधिकारी पटौटी, शोभाखर पाण्डे भगवती, रुपा प्रधान छत्रगङ्ज, जानका खनाल गोखुङ्गा, खिमानन्द खनाल खन,मोति भट्टराई ढिकुरा, ऋषि घिमिरे सुवर्णखाल, कमल बेल्बासे सिद्धारा, मेनुका पौडेल सन्धिखर्क, राधा पराजुली सन्धिखर्क, बिमला पौडेल ढाकावाङ्ग, हरिलाल खनाल सितापुर, शंकर न्यौपाने अडगुरी,राजेन्द्र जिसि सन्धिखर्क रहनुभएको छ ।

शनिवार अर्घाखाँची जिल्लाको पर्यटकीय क्षेत्र नरपानीमा रहेको नरपानी सुपादेउराली रिसोर्टमा आयोजना गरिएको मदन भण्डारी फाउन्डेसन जिल्ला भेलामा शुभकामना मन्तव्य व्यक्त गर्नुहुने बक्ताहरुले मदन भण्डारी समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर ब्यक्तित्व, नवीन बिचारक तथा उन्नत राजनीतिक सस्कृतिका  प्रणेता,सिद्धान्तनिष्ठ राजनीतिज्ञ भएको बताउनु भएको थियो।

उहाँहरुले नेपालमा काङ्ग्रेस र कम्युनिस्ट मिल्ने हो भने जनताको शान्तिपूर्ण आन्दोलनबाट नै तानाशाही निरंकुश पन्चायती ब्यबस्थाको अन्त्य गर्न सकिन्छ भन्दै मदन भण्डारीले तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनबाट संयुक्त जन आन्दोलनको नीति पास गराउनु भएको र मदन भण्डारीकै पहलमा तत्कालीन नेपाली काङ्ग्रेसलाई समेत पन्चायती ब्यबस्था बिरुद्द संयुक्त जन आन्दोलन गर्न सहमत गराएर  काङ्ग्रेस- कम्युनिस्ट मिलेर २०४६को जन आन्दोलन सफल भएको इतिहास स्मरण गराउनु भएको थियो।

नेताहरूले मदन भण्डारी समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर ब्यक्तित्व मात्र नभएर नवीन बिचारक पनि हुनुहुन्थ्यो । अब कम्युनिस्ट एकदलीय ब्यबस्थाको पक्षमा होइन ।

 कम्युनिस्ट पार्टीको रक्षा र बिकासका लागि अब हामीले बहुदलीय र बहुलवादी खुल्ला समाजलाई स्वीकार गरेर अगाडि बढनु पर्दछ भन्दै माक्र्सवादको सिर्जनात्मक प्रयोगको रुपमा नवीन कार्यक्रम जनताको बहुदलीय जनवाद अगाडी सार्नु भएको र जनताको बहुदलीय जनवादलाई नेकपा एमालेको आफ्नो मार्गदर्शक सिद्धान्त मात्र नभएर जबजले नेपालको राष्ट्रिय राजनीति मै मार्गदर्शन गरिरहेको दाबी गरेका थिए। 

नेताहरुले नेतृत्वमा सहनशीलता, उदारताको उन्नत राजनीतिक सस्कृती हुनुपर्छ भन्दै  मदन नवीन बिचारक मात्र नभएर उन्नत राजनीतिक सस्कृति भएका नेता भएकाले नै पार्टीलाई एकताबद्ध बनाउदै लगेको र आफू शक्तिशाली महासचिव भैरहेको समयमा पनि आफूले उदारता देखाएर नेकपा माले र मार्क्सवादी बीच पार्टी  एकीकरण गरेर मनमोहन अधिकारीलाई नेकपा एमालेको अध्यक्ष बनाएको स्मरण गरेका थिए।

मदन भण्डारी फाउन्डेसन महाधिवेशन प्रतिनिधि श्रीकृष्ण भुसालको अध्यक्षता, युवा  नेता शोभाखर पाण्डेको संचालन र ऋषि घिमिरेले स्वागत मन्तव्य  सम्पन्न जिल्ला भेलामा कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सचिवालय सदस्य लक्षमण रायमाझी, केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, मदन भण्डारी फाउन्डेसन केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बल बहादुर आचार्य, एमाले नेता एवं संघीय प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी, एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, एमाले नेता एवं शितगङ्गा नगरपालिका उप प्रमुख गिता भाट समेतले जिल्ला भेलाको सफलताको शुभकामना व्यक्त गर्नु भएको ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज भुसाल,एमाले नेता प्रेमनारायण गैरे प्रदेश सल्लाहकार एवं एमालेका पुराना नेता काशिराम आचार्य, नारायण खनाल,मालारानी गाउँ पालिका पूर्व अध्यक्ष  बालकृष्ण आचार्य, ओपि पाण्डे, पाणिनी क्याम्पस सह प्राध्यापक बाबुराम शर्मा,निबृत्त राष्ट्र सेवक उपसचिव लिल बहादुर राउत, नारायण अर्याल, टेकराज आचार्य, जनक बस्याल, बिनोद भट्टराई, कविता घिमिरे, चन्द्र भुसाल, राजन भुसाल,राम प्रसाद गैरे, बलराम मरासिनी,सुर्य प्रसाद गैरे, भबिश्वर पोख्रेल,नारायण पौडेल,तेज बहादुर बेल्बासे लगायतका बौद्धिक ब्यक्तित्वहरु, बिष्णु आचार्य, शुस्मा श्रेष्ठ, देबि थापा भुसाल, सुमित्रा कुमाल, बिमला केसी, पार्वता श्रेष्ठ, पार्वती भुसाल लगायतका महिला नेताहरु, तिलक मिश्र, खेमराज चुदाली,कल्पना बिश्वकर्मा लगायतका जनप्रतिनिधिहरु समेतको आतिथ्य रहेको जिल्ला भेलामा अर्घाखाँची जिल्लाका ६ वटै पालिकाबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार