पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस सन्धिखर्क नगर कार्य समितिबाट कारबाही भई साधारण सदस्यसमेत नरहेका बाबुराम भुसालले आफू कांग्रेसकै भएको भन्दै मत मागेको भन्दै नेपाली कांग्रेस अर्घाखाँचीले आपत्ति जनाउँदै मतदातालाई सावधान रहन आग्रह गरेको छ।
जिल्ला कार्य समिति अर्घाखाँचीका सचिव अच्युत गौतम र जिल्ला सभापति केशव श्रेष्ठलेद्वारा जारी हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भुसाललाई २०८२/०५/२९ मा पार्टीको साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाहीको जानकारी दिँदै उनले गर्दै आएको प्रचारलाई “पूर्णतः भ्रामक” बताइएको छ।
विज्ञप्तिमा भनिएको छः
“पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरिसकेको अवस्थामा बाबुराम भुसालले आफू कांग्रेसकै उम्मेदवार भएको भन्दै मतदातालाई भ्रममा पार्ने गतिविधि गरिरहेका छन्। मतदाताले यस्ता भ्रममा नपरी आधिकारिक रूपमा समर्थन प्राप्त उम्मेदवारलाई नै मतदान गर्न अनुरोध गर्दछौं।”
सन्धिखर्क–२ स्थित साना तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उपभोक्ता समितिको अध्यक्ष चयनका लागि हुने निर्वाचनमा साझा उम्मेदवार युवराज खत्री (प्रेम) लाई समर्थन गरेको प्यानललाई स्पष्ट पारिएको छ। नेपाली कांग्रेस अर्घाखाँचीले कारबाही गरिएका भनिएका ब नेपाली कांग्रेस नगर सभापति रहेका भुसालले जेन्जी आन्दोलनको केही दिन पछी आफू नेपाली कांग्रेस नरहेको र स्वन्त्र भएको भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
बुधबार हुने निर्वाचनमा साझा उम्मेदवार बनेका युवराज खत्री( प्रेम) को प्यानललाई नेपाली कांग्रेस ,नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् भने बाबुराम भुसालको स्वतन्त्र प्यानललाई राष्ट्रिय स्वतन्त्र पार्टी र विप्लप सी ले समर्थन गरेका छन् । रास्वपा सभापति हरिप्रसाद भुसालले विज्ञप्ति जारी गर्दै भुसाललाई समर्थन रहेको बताएका छन् भने विप्लप सिका जिल्ला सदस्य विजय सिले उद्घाटन सत्रमा मन्तब्य राख्दै भुसाल प्यानललाई समर्थन रहेको बताए ।
काग्रेसबाट राजिनामा दिएको हु : भुसाल
अध्यक्षको उम्मेद्वारी दर्ता गरेका भुसालले आफूलाई नेपाली कांग्रेस अर्घाखाँचीले चौतर्फी घेरा बन्दी गरि कु प्रचार गरेको दाबी गरे । तपाईंले कांग्रेस हु भन्दै मत माग्नु भएको हो भन्ने प्रश्नमा ? भुसालले जेन्जी आन्दोलनमा समर्थन पश्चात आफूले राजीनामा दिएर बसेको हुँ सन्धिखर्क बासीले बाबुराम भुसाललाई चिनेका छन् । राजीनामा दिएको मैले किन कांग्रेस हु भनेर मत माग्दथे उहाँहरुको बिज्ञप्ती कुनैं अर्थ छैन । हारको मानसिकता हो ।












