नयाँबाट देश खतरा छैन : सभापति लामिछाने

गणेश खनाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भागेको हेलिकोप्टर फेरि सिंहदरवार र बालुवाटारमा ल्यान्ड भए लोकतन्त्रलाई खतरा पर्ने बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैँचामा सम्बोधन गर्दै सभापति लामिछानेले नयाँबाट देशलाई खतरा नभएको स्पष्ट पारेका थिए। 

उनले जनताले ल्याएको लोकतन्त्रको रक्षा नेताले नभएर जनताले गर्ने बताए। जनताले ल्याएको लोकतन्त्र जोगाउन आफूहरू लागि परेको उनको भनाइ छ। ‘जसबाट लोकतन्त्रको खतरा थियो ऊ हेलिकप्टर चढेर भागिसक्यो। फेरि त्यो हेलिकोप्टर सिंहदरवारमा र बालुवाटारमा ल्यान्ड भयो भने लोकतन्त्र खतरामा पर्छ,’ उनले भने। 

उनले सहिदको रगत खेर नजाने गरी आफूहरूले काम गर्ने बताए। रास्वपाले सबैभन्दा बढी महिला, युवा, डाक्टर, इन्जिनियर, सामाजिक अभियन्ता, कवि, कलाकारलगायतलाई उम्मेदवार बनाएकोले आफ्नो पार्टीलाई ढुक्ककासाथ मत दिन आग्रह गरे। अर्घाखाँचीमा रास्वपाले उठाएको उम्मेदवार हरिप्रसाद भुसाललाई जिताएर पठाउनसमेत आग्रह गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार