बढ्दो बिरामी चाप, घट्दो चिकित्सक संख्या

अर्घाखाँची जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था अर्घाखाँची अस्पताल विशेषज्ञ चिकित्सकको अभावका कारण चुनौतीपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि हाल एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत हुँदा उपचार सेवा प्रभावित बनेको हो । विशेषज्ञ चिकित्सक अभावका कारण बिरामीले समयमै गुणस्तरीय सेवा पाउन कठिनाइ भोग्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रमुख डाक्टर जगनान्थ तिवारीका अनुसार प्रदेश सरकार मातहत सञ्चालन हुँदै आएको अस्पतालमा विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी स्वीकृत नहुँदा समस्या थप जटिल बन्दै गएको छ । पटक–पटक विज्ञापन खुलाउँदा पनि दुर्गम क्षेत्र भन्दै चिकित्सकहरू आउन नचाहने प्रवृत्तिका कारण पदहरू लामो समयदेखि रिक्त छन् । आवश्यक जनशक्ति प्रदेश सरकारले नपठाउदाँ झनै समस्या रहेको छ । सेवा विस्तार र विशेषज्ञ उपचार सेवा सञ्चालनमा कठिनाइ भइरहेको अस्पतालको भनाइ छ ।

यद्यपि सीमित जनशक्तिका बाबजुद अस्पतालले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै आधुनिक स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ । अस्पतालमा अत्याधुनिक उपकरणसहितको ल्याब सेवा सञ्चालनमा रहेको छ, जहाँ थाइराइड, लिभर तथा किड्नी फङ्सन टेस्टलगायत विभिन्न बायोकेमिकल परीक्षण नियमित भईरहेको ल्याव प्रमुख राजकुमार बजान्डेले जानाकारी दिनुभयो । डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड तथा फिजियोथेरापी सेवासमेत सञ्चालनमा रहेकाले जिल्लाबासीलाई केही राहत पुगेको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । दैनिक ५० देखि ६० जनासम्म बिरामीले अल्ट्रासाउन्ड सेवा लिने गरेका छन् भने ओपीडीमा आउने बिरामी संख्या पहिलेको तुलनामा दोब्बरजस्तै बढेको छ । पहिले दैनिक एक सयदेखि डेढ सयसम्म बिरामी आउने गरेकामा अहिले दैनिक तीन सयसम्म बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी, संक्रमणजन्य रोग तथा विभिन्न दीर्घरोगका बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा आउने बिरामीको चापसमेत बढेकाले सीमित जनशक्तिमै चिकित्सक र स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन् ।

हाल अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेन्ट, १ जना बाल रोग विशेषज्ञ,दुई जना एमडीजीपी चिकित्सक र अन्य मेडिकल अफिसरहरूको टोलीले सेवा सञ्चालन गरिरहेको छ । विशेषज्ञ चिकित्सक अभाव हुँदाहुँदै पनि अस्पतालले सिजेरियन शल्यक्रिया लगायतका सेवा नियमित सञ्चालन गर्दै आएको छ । तर जिल्लामा ब्लड बैंक नहुँदा शल्यक्रिया गर्नुपर्ने अवस्थामा बिरामीका आफन्त वा रक्तदाता सुनिश्चित गरेर मात्रै अप्रेसन गर्नुपर्ने बाध्यता रहेको डाक्टर तिवारीले बताउनुभयो।

गर्मी याम सुरु भएसँगै डेङ्गु, झाडापखाला, भाइरल ज्वरो तथा अन्य मौसमी रोगका बिरामी बढ्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन् । विशेषज्ञ चिकित्सकको अभाव तत्काल समाधान नगरे जिल्लाको स्वास्थ्य सेवा थप प्रभावित हुन सक्ने भन्दै अस्पतालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । अभावका विचमा पनि कार्यसम्पादनमा अव्वल रहदै आएको छ । लुम्विनी प्रदेशभरमा कार्यसम्पादनमा द्रोसो स्थानमा रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार