अर्घाखाँचीका दलित जनप्रतिनिधिहरूको पहिलो जिल्ला सम्मेलन सम्पन्न, ३१ बुँदे ‘मालारानी घोषणा–पत्र’ जारी,लिलबहादुर विक जिल्ला संयोजक

अर्घाखाँची । दलित समुदायको अधिकार संरक्षण, समान सहभागिता, सामाजिक न्याय तथा समावेशी विकासलाई संस्थागत गर्ने उद्देश्यका साथ अर्घाखाँचीका दलित जनप्रतिनिधिहरूको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ३१ बुँदे ‘मालारानी घोषणा–पत्र’ जारी गर्दै जिल्लास्तरीय १३ सदस्यीय दलित जनप्रतिनिधि सञ्जाल गठन गरेको छ ।

मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलन मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मालारानी गाउँपालिकाकी उपाध्यक्ष दीपा पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्दै दलित जनप्रतिनिधिहरूबीच अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र साझा आवाज निर्माणका लागि सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बाबुराम पन्थी सुनारले सम्मेलनको उद्देश्य, आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै दलित जनप्रतिनिधिहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्न यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राख्नुभयो ।


दलित सञ्जाल अर्घाखाँचीका अध्यक्ष विष्णुबहादुर परियारले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै दलित समुदायको अधिकार सुनिश्चित गर्न सबै तहका जनप्रतिनिधिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनअन्तर्गत सञ्चालन गरिएको प्रशिक्षण सत्रमा अधिवक्ता कृष्ण विश्वकर्माले संविधान तथा प्रचलित कानुनमा दलित समुदायका अधिकार, संरक्षणका व्यवस्था र कार्यान्वयनका चुनौतीबारे प्रशिक्षण दिनुभयो । मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले स्थानीय तहमा जनप्रतिनिधिहरूको भूमिका, जिम्मेवारी तथा सुशासनका विषयमा सहजीकरण गर्नुभएको थियो । सन्धिखर्क नगरपालिकाका संस्थापक नगर प्रमुख ठाकुरकुमार विश्वकर्माले दलित जनप्रतिनिधिहरूका अवसर, चुनौती र नेतृत्व विकासका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।

सम्मेलनमा सहभागी विभिन्न स्थानीय तहका दलित जनप्रतिनिधिहरूले आफ्नो कार्यअनुभव, स्थानीय तहमा देखिएका चुनौती, सफल अभ्यास तथा आगामी रणनीतिबारे खुला छलफल गरेका थिए । सहभागीहरूले दलित समुदायको सशक्तीकरणका लागि साझा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

सम्मेलनले ३१ बुँदे ‘मालारानी घोषणा–पत्र’ जारी गर्दै दलित समुदायको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको संरक्षण, निर्णय प्रक्रियामा समान सहभागिता, विभेदको अन्त्य, शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ

 

त्यसैगरी सम्मेलनले १३ सदस्यीय दलित जनप्रतिनिधि जिल्ला सञ्जाल, अर्घाखाँची गठन गरेको छ । सञ्जालको संयोजकमा लिलबहादुर बि.क., सचिवमा ठाकुर सौराग, कोषाध्यक्षमा शारदा परियार तथा सदस्यहरूमा नन्दलाल विश्वकर्मा,मानबहादुर नेपाली,लक्ष्मी सुनार, कृष्ण नेपाली,रेशमी बि.क.,भुमा परियार, श्यामकुमार बि.क. र सुन्तली बि.क. चयन हुनुभएको छ।

यस्तै, भूमिकास्थान नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बाबुराम पन्थी सुनारको संयोजकत्वमा मानबहादुर बि.क.,चुराबहादुर बि.क.,मीना परियार र विष्णु बि.क. सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहका दलित जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको सम्मेलनले जिल्लामा दलित जनप्रतिनिधिहरूबीच समन्वय, सहकार्य र साझा आवाजलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ । सम्मेलनबाट जारी ‘मालारानी घोषणा–पत्र’ ले दलित समुदायको अधिकार संरक्षण, समान अवसरको सुनिश्चितता, सामाजिक न्यायको प्रवर्द्धन तथा समावेशी विकासलाई थप संस्थागत बनाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार