सन्धिखर्क नगरपालिका–८ किमडाँडाका सफल कृषक पुष्करनाथ बञ्जाडेले कफी खेतीमा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ । उहाँले दुई वर्षअघि रोपेको करिब तीन सय कफीका बिरुवाले हाँगाभरि फल दिएका छन्, जबकि सामान्यत : कफीका बिरुवाले फल दिन तीन देखि चार वर्षको समय लाग्ने गर्छ । बञ्जाडेले खाडल तयार गरेर गड्यौला मल राखेर बिरुवा रोपेको बताउनुभयो । ’मैंले खाडल, मल, छहारी र स्याहारमा विशेष ध्यान दिएपछि कफीले दोस्रो वर्षमै फल दिन थालेको हो,’बताउनुभयो ।
कफी खेतीमा छहारीको महत्वपूर्ण भूमिका रहने गरेको उहाँको अनुभव रहेको छ । लिचीका बोटमुनि कफी रोपिएको छ जसले कफीलाई आवश्यक छायाँ र उचित मलजलको व्यवस्था प्रदान गरेको छ । उनका बारीमा बहुबाली खेतीको नमुना देख्न सकिन्छ । समथर क्षेत्रमा कफीका बिरुवा र डिलमा लिचीका बोट रहेको छ, जसले वर्षभरि आम्दानीको अवसर सिर्जना गरेको छ । बञ्जाडेले नेपालमा कफीको माग केवल घरेलु बजारमा होइन,अन्तर्राष्ट्रिय बजारमा पनि रहेको बताउनुभयो । अर्घाखाँचीमा उत्पादित कफी जापान, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकमा निर्यात भईरहेको छ ।
बञ्जाडेले यस वर्षमा करिब तीन टन कफी प्रशोधन गर्ने योजना संगै कफी खेतीमा आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्ने कार्यक्रमसँगै अर्घाखाँचीमा कफीको क्षेत्रीय विस्तार भइरहेको छ । उपयोगिता र दीर्घकालीन आम्दानीका लागि कफी खेतीमा सम्भावना देखिएको भन्दै कृषिसम्बन्धी प्राविधिकहरूले यसलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न बजान्डेको सल्लाह रहेको छ ।
कफी उप्पादनमा नयाँ तरिका : दुई वर्षमै फल्ने अनौठो अनुभव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
Advertisement












