भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख नपाए राष्ट्रिय जनमोर्चाले गठवन्धन तोड्ने

हरिप्रसाद भुसाल, अर्घाखाँची ।
राष्ट्रिय जनमाेर्चाकाे महासचिव मनाेज भट्टले भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख नपाए गठवन्धन स्वीकार नहुने दावी गरेका छन् ।

कसैकाे दान र कृपाका आधारमा हाेईन क्षमताका आधारमा भाग चाहिने बताउदै महासचिव भट्टले सम्मानजनक भागवन्डा नभए गठवन्धन स्विकार्य नहुने बताएका हुन् ।

राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका वडा नं ३ धारापानीमा गरेकाे आमसभालाई सम्बाेधन गर्दै महासचिव भट्टले एमालेले धर्मकाे राजनिति गरेका कारण आफुहरुले बिकल्प खाेजेकाे बताए ।

काँग्रेससंग नीति सिद्धान्त मिलेर भन्दापनि प्रतिगमन परास्त गर्नका लागि काँग्रेस माओवादीसंग गठवन्धन गर्नुपरेकाे नेता भट्टकाे दावी थियाे ।

कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापा, वैकल्पिक केन्द्रीय सदस्य सागर केसी, जिल्ला समिति सदस्य कविराम खनाल, भुमिकास्थान नषर अध्यक्ष टेक बहादुर थापा, नेतृ सकुन्तला राना, युवकका सचिव कुलराज खनाल, छैठाैँका अध्यक्ष देवेन्द्र कुँवर लगायतले सम्वाेधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार