चुनावले एमालेलाई भिरको नजिक पुर्‍यायाे : घनश्याम भुसाल

काठमाडौं ।

नेकपा (एमाले)का नेता घनश्याम भुसालले यसपटककाे स्थानीय तहकाे चुनावले आफ्नाे पार्टी एमालेलाई भिरकाे नजिक पुर्‍याएकाे बताएका छन्।

नेता भुसालले आइतबार हिमालय टेलिभिजनकाे एक कार्यक्रममा बाेल्दै विभिन्न कान्लाबाट खस्दै आएकाे एमाले याे चुनावबाट भिरकाे नजिक पुगेकाे बताएका हुन्।

याे चुनावमा एमालेले प्राप्त गरेकाे मत हालका नेताले गरेका कामकाे कारण नभएर इतिहासमा कार्यकर्ताले बगाएकाे रगत पसिनाकाे उपज भएकाे उनकाे भनाइ थियाे।

‘हामीले स्थानीय तहमा जुन मत प्राप्त गरेका छौँ, यो आजको हाम्रो पार्टीको, पार्टी चलाउने शैलीको होइन,’ नेता भुसालले भने, ‘इतिहासमा लडेको कार्यकर्ताले रगत पसिना बगाएर, ती ग्रामिण भेगका मानिसहरु बाआमा, भाउजू, दाजू, भाइ–बहिनीहरुले गरेको त्यो त्याग र दुख अकथनीय थियो जसको एउटा परम्परा बसेको छ। हो, त्यही परम्पराले अहिले हामीले यति मत ल्याएका हौँ।’

उनले यही अवस्थामा अगाडि बढ्ने हाे भने पार्टी अझै बर्बाद हुने टिप्पणी दिए।

‘आज हामीले गरेको जसरी गर्‍याैँ, यसैगरी हिँड्यौँ भने हामी अझै बर्बाद हुन सक्थ्यौँ,’ भुसालले भने, ‘यो तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदैछौँ। हामी एउटा काल्नोबाट खसियाे फेरि धेरै काल्नबाट खस्दै आएर अब भिरको नजिक पुगेका छौँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार