कविता : झाेलाकाे वजन

किरन पन्थी , अर्घाखाँची ।                                                     बचपनमा
आकाक्षाका ठुला सपना अटेका हुन्छन् झाेलामा
हर बालकले बाेक्ने स्कुले झाेला केवल झाेला मात्रै हाेइनन्
ती अनगिन्ती सपनाहरूका खानी हुन्
जीवनकाे विश्वविद्यालयले
झन् बढाउदै जान्छ झाेलाकाे वजन
झन् थपिदै जान्छ झाेलाकाे आयतन,

थपिन्छन् झाेलामा
नवीन चेतका क्षितिजहरू
उदाउछन् अस्ताउछन् दिन र रातहरू
हुरीले हल्लाउँछन् विचारका पर्दाहरू
थपिन्छन्
अनगिन्ती कथा, ब्यथाहरू
झन् झन् बढ्दै जान्छ झाेलाकाे वजन,

पुष्पलालले पनि बाेकेकै हुन्
गंगालालहरूले पनि बाेकेकै हुन्
शैलजा र मैतीदेवीले पनि बाेकेकै हुन्
परिवर्तनका लागि झाेला
झाेलामै बाेक्थे आइस्टाइनले विज्ञानका सिद्धान्तहरू
दुनियाँले लखेट्दा पनि झाेलामै बाेक्दा हुन् माक्सले राजनीतिका सिद्धान्तहरू
प्रायाेगिक गालीमा रमाइरहेछन् साथीहरू
र भन्छन् अचेल झाेलेहरू,

झाेला न बिसाउन सकिन्छ
न बाेक्न सकिन्छ
सपनाकाे रूपान्तरणका लागि बाेकेकाे झाेला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार