रोल्पा र रुकुम पूर्वका मगर समुदायमा भूमे नाचको रौनक सुरु

सुर्य प्रकाश बुढामगर, रोल्पा ।

रोल्पाको सदरमुकाम लिबाङ देखि पूर्व उत्तर तर्फका मगर बस्तीमा यतिबेला खाम मगरको सबैभन्दा ठूलो चाड भूमे नाच अर्थात बल पुजाको रौनक सुरु भएको छ ।

हरेक बर्षको जेठ १ गतेका दिन विधिपूर्वक लेकबाट बुकीको फुल टिपेर ल्याई बलपुजा सुरु हुने गर्छ।हरेक बर्ष जेठ १ गतेदेखि असार १ गतेसम्म करिब १ महिनाको समय अवधिमा रोल्पाका खाम मगर जातिले मौलिक पोशाक पहिरिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा रहेको छ।कालो चोलीमा,रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह,ट्याम्की,छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच।रोल्पाको सुनछहरी गाउँपालिका,रोल्पा नगरपालिका,माडी गाउँपालिका,परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिकामा रहेका मगरहरुले मुख्यतया खाम गर्छ्न।

रोल्पाको सन्दर्भमा भूमे चाड मनाउनेमा सुनछहरी गाउँपालिका,थबाङ गाउँपालिका रहेको छ भने केही वडामा मनाउनेमा रोल्पा नगरपालिका,माडी गाउँपालिका र परिवर्तन गाउँपालिका रहेको छ।रोल्पामा मगरको बाहुल्यता बढी रहेको छ।रोल्पा जिल्लामा मगरको बसोबास ८१.७८ प्रतिशत रहेको छ।लुम्बिनी प्रदेशको सन्दर्भमा मगर बाहुल्यता भएको पहिलो जिल्ला पाल्पा हो भने दोस्रो रोल्पा रहेको छ।आदिबासी जनजातिहरुले मुख्यत:खाम मगर जातिले विषेश महत्त्वका साथ मनाउने बलपुजा अर्थात भूमि पुजाको यो पर्वले मगर समुदायका साथै अन्य जातजातिलाई पनि रमाइलो बनाइदिन्छ।

मगर जातिले पृथ्वी अर्थात भूमिलाई आफ्नो मुख्य देवताको रूपमा मानेर पुज्ने चलन रहेको छ।भूमिको पुजा भएपछि देवता खुशी हुने र त्यसपछि अनिकाल नलाग्ने,पृथ्वीमा कुनैपनि प्रलय नआउने र दु:खको नाश भई पृथ्वीबासी सबैमा खुशी आउने जनविश्वासका कारण सदियौं देखि भूमि पुजा गरेर देवतालाई खुशी गराउने गरेको मगर होमेष्टे थबाङका सञ्चालक अन्तिम बुढामगर बताए।

त्यसैगरी रुकुम पूर्वमा पनि भूमे पर्वको रौनक रहेको बताइएको छ।जिल्लाको सिस्ने गाउँपालिका,पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिका समेत भूमे नाच चलिरहेको बताइएको छ।भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ।यश नाचमा वयस्क,वृद्धवृद्धाका साथै तन्नेरी पुस्ताको पनि उत्तिकै आकर्षण रहेको छ।उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोशाकमा सजिएर नाच्ने गर्छन्।बलपुजा अर्थात भूमि पुजा मगर जातिका लागि निकै महत्त्वको चाड भएकाले रुकुम पूर्वका खाम मगरले यस चाडलाई जेठ महिनाको पहिलो सातादेखि असार १ गतेसम्म महिनाभरी भूमे नाच नाचेर आपसमा सद्भाव साट्दै मनाउने गरेको लाङघाली सेवा समाजका अध्यक्ष भागिन्त बुढामगरले बताए।भूमे पर्वमा खाम सबै मगरहरुले सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दु:ख पीर बिर्सने र मन खुशी हुने विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार