अर्घाखाँचीका शिक्षक विरुद्ध झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर

काठमाडौं ।

अर्घाखाँची जिल्ला उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत तत्कालीन निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलउपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर भएको छ ।

 

प्रेस विज्ञप्ति:- मिति २०७९।०३।०८ गते ।
—————————————————-

जिल्ला अर्घाखाँची, नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन शिक्षक हुमलाल पौडेलले झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी निजले नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेकोले निज हुमलाल पौडेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार