स्थानीय तहको परिणामले गठबन्धन धारी अत्तालिए : रायमाझी

बसन्त श्रेष्ठ छापेली, अर्घाखाँची ।

नेकपा एमालेका केन्द्रीय कमिटि सचिव टोपबहादुर रायमाझीले बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले ल्याएको मत परिणामका कारण गठबन्धन धारीहरु अत्तालिएको बताउनुभएको छ ।

नेकपा एमाले सन्धिखर्क नगर कमिटिले आयोजना गरेको स्थानीय निर्वाचन २०७९ को समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले नेकपा एमालेका बिरुद्ध ५ दलीय गठबन्धन कायम रहदा पनि एमाले एक्लैले लुम्बिनी प्रदेशमा अर्घाखाँचीमा उदाहरणीय मत प्राप्त गरेको बताउनुभयो ।


नेता रायमाझीले नेकपा एमालेका बिरुद्ध सबै दल एक ठाउमा उभिदा पनि जिल्लामा उल्लेख्य प्रगति हासिल भएको बताउनुभयो । उहाँले सन्धिखर्क नगरपालिका, मालारानी, पाणिनि गाउँपालिका लगायतका स्थानीय तहमा एमाले प्रमुख उपप्रमुख पदमा बिजयी हासिल गरेको भन्दै केही स्थनीय तहमा झिनो मतले एमालेले प्राबिधिक कारणले प्रमुख पदमा पराजय व्यहोरेको बताउनुभयो ।
विकास प्रेमी नेताका रुपमा छबि बनाएका नेता रायमाझीले नेकपा एमाले सत्ताभन्दा बाहिर रहदा पनि जिल्लामा उल्लेख्य विकास निर्माणका योजनाहरु ल्याइएको बताउनुभयो । उहाँले स्थनीय तहको निर्वाचनमा अन्र्तघातका कुराहरु समेत आएको भन्दै छानबिन समितिले आवश्यक काम कारबाही गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य केबी भुसाल, बिजुला रायमाझी, रामबहादुर रायमाझी, बाबुराम आचार्य, रामचन्द्र पोख्रेल, सन्धिखर्क नगरकमिटि इन्चार्ज युवराज श्रेष्ठ, सह इन्चार्ज मोतिजंग रायमाझी, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष इश्वरा पोख्रेल, उपसचिव शम्भु पोख्रेल लगायतले मन्तब्य राख्दै नेकपा एमालेले अपेक्षित उपलब्धी हासिल गरेको बताउनुभएको थियो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता, सचिव कुशल भुसालको सञ्चालनमा सम्पन्न समिक्षा बैठकमा १२ वटै वडाका वडा कमिटि अध्यक्ष, सहजकर्ता र इन्चार्जले आफ्नो वडाको चुवानी समिक्षा प्रतिबेदन पेश गरेका थिए । बैठकले अन्र्तघातको सत्य तथ्य जाचबुझका लागि कार्यदल निर्माण गरेको सन्धिखर्क नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार