अर्घाखाँचीमा चुनाव बहिष्कार , ३ दलद्वारा कोणसभा सम्पन्न

अनिल नेपाली , अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लगायत नेकपा मशाल नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी –माओबादी लगायतका तीन राजनितिक दलले अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिकाको गोखुङ्गा शौतामारे ,खन रतनमारे लगायतका बजारमा कोणसभा सम्पन्न गरेको छ ।

कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टी ((बहुमत)का जिल्ला सेक्रेटरी नविन खड्काले सरकारले धोषणा गरेको निर्वाचन नेपाल र नेपाली जनताको पक्षमा नभएकोले नेपालमा रहेका संसदबादी दलले चुनाव नाटक मञ्चन गरेर जनताको आँखामा छारे हालेकोेले नेपाली जनताले संसदीय चुनाबको सशक्त विरोध गर्ने बताउदै संसदीय व्यबस्थामा नाममा जिल्लामा रहेका राजनितिक दलले पटक पटक चुनाब जितेर शासन सत्तामा पुगेर मन्त्री बनेता पनि बास्तविक रुपमा जनताको पक्षमा काम गर्न नसकेको बताउदै जनता समाज रुपान्तरण बैज्ञानिक समाजबादको कार्यदिशामा अगाडि बढ्नुपर्ने बताए ।

कोणसभालाई सम्वोधन गदै नेकपा मशालका नेता कृष्ण केसीले संसदीय व्यबस्थाले नेपाली जनतालाई निकास नदिने जनतालाई सरकारको अनुमुति गराउने कुरा छाडेर मुलुकमा भ्रष्टाचार अत्याचारका घटना बढाएकोले यसको अन्त्य गरेर मुलुकमा जनताको शासन सत्ता ल्याउनुपर्ने बताए । कोणसभा लाई सम्वोधन गदै क्रान्तिकारी माओबादीका नेता अशोक थापाले चुनावी नाटकलाई खारेज गरेरै छोड्ने बताए ।राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गरेकोले यसको नेपाली जनताले सशक्त प्रतिकार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार