२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

इजरायल सुरक्षित देश होइन भन्ने सोचेर हामी देश फर्केका हौ: शिवशङ्कर लोनीया

काठमाडौँ, । लेबनानको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो की बङ्करमा जान्थ्यौ यसरी दुई तिन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि सुरक्षित नभएपछि त्यसपछि हामी त्रसित भयौँ शुक्रवार इजरायलबाट नेपाल फर्कनुभएका रुपन्देहीका शिवशङ्कर लोनीयाले भन्नुभयो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल जानुभएका उहाँ भन्नुहुन्छ, इजरायल देश नै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइँ र आक्रमण हुने गरेको उहाँको अनुभव छ । 

धेरै नेपालीहरू छन् इजरायलमा तर साथीहरूको मृत्युको खबरले हामी धेरै त्रसित भयौँ । अव सबैले ज्यानको सुरक्षा गर्नुपर्छ र देशमै केही गर्ने आँट गर्नु पर्ने उहाँको सुझाव छ । शुक्रवार बिहान नेपाल फर्कनुभएका उहाँ भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो ।सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार