७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

विधालयका विधार्थीलाई झाेला तथा पाेशाक वितरण


करिश्मा खनाल
अर्घाखाँची । नवज्योति आधारभुत विधालय बाँगीमा बिधार्थीलाई पोशाक र झाेला वितरण गरिएकाे छ ।
वाड सदस्य अनिता विक र विधालय व्यवस्थापन समितका अध्यक्ष चन्द्रबहादुर विकले विधालयमा एक कार्यक्रमको आयाेजना गरि वितरण गरिएकाे प्रधानध्यापक छमा खनालले जानकारी दिनुभयो ।
निशुल्क रूपमा वितरण गरिएका साम्रगीले बिधार्थीहरुलाई अध्यापनमा थप सहयाेग हुने अपेक्षा गरिएकाे छ । विगत ४ वर्ष देखी निरन्तर रूपमा पाेशाक,झाेला वितरण हुँदै आएकाे जनाईएकाे छ ।अधिकाम्सं विधार्थीले अध्ययन गर्ने विधालयमा शैक्षिक नतिजा समेत उल्लेखनीय रहदै आएकाे छ । विधालय व्यवस्थापन समिति सदस्य झविन्द्र विक,सदस्य बसन्ता बस्नेत लगायतकाे उपस्थित रहेकाे थियाे । बिजय दशमी ,दिपावली,छट पर्वको अबसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा अभिभावक,शिक्षाप्रेमि,स्थानीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार