अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीकाे महासमिति सदस्यको सहमतीबाट टुङ्गो नलागेपछी निर्वाचन प्रक्रियामा जाने भएको छ । जिल्ला कार्यसमितिले बारम्बार सहमतीको प्रयास गर्दा सहमती हुन नसकेपछी निर्वाचनमा जाने तयारी गरिएको कांग्रेस जिल्ला सभापती केशव श्रेष्ठले जानकारी दिए ।
महासमिति सदस्यका लागि कात्तिक १० गते मनोनयन दर्ता गर्ने र १५ गते निर्वाचन गर्ने कांग्रेस जिल्ला कार्यसममितिले निर्णय गरेको छ । बिहिवार बसेको काङ्ग्रेस अर्घाखाँचीको बैठकले सहमतीबाट महासमिति चयन गर्ने बाटो सकिएकाले अबको विकल्प निर्वाचन रहेको निष्कर्ष निकालेको छ ।
सभापति केशव श्रेष्ठको सभापतित्व, जिल्ला सचिव कृष्णप्रसाद खनालको सन्चालनमा सम्पन्न भएको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, ६ वटा पालिकाका सभापती, क्षेत्रिय सभापतीहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा सहमत हुन नसकेपछी निर्वाचनको मिति तोकिएको काग्रेसले जनाएकाे छ ।