७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

हत्या गरि फरार २ अभियुक्त प्रहरीद्वारा सार्वजनिक


गणेश खनाल
अर्घाखाँची,कात्तिक २२ गते । विभिन्न समयमा हत्या गरि फरार रहेका २ जना अभियुक्तलाइ प्रहरीले प्रकाउ गरि बुधवार सार्वजनिक गरेकाे छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरि अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेकाे हाे ।  हत्या गरि फरार रहेका अभियुक्त मध्ये १ जना २० वर्षपछि प्रहरीले फेला पारेकाे हाे ।
मालारानी गाउँपालिका वाडनम्वर ९ गाेखुङ्गा पात्ले बस्ने वर्ष ७२ की हरिकला भुसाललाई हत्या गरि घरमा रहेकाे गरगहना चाेरि फरार रहेका साेहि स्थानकै वर्ष २० काे (गाेपे) भन्ने गाेपाल नेपालीलाई अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वाडनम्वर १ राजमेबाट प्रहरीले पक्राउ गरेकाे हाे ।
नेपालीले मृतक भुसालको टाउकाेमा खुकुरी प्रहार गरि हत्या गरेकाे प्रहरी समक्ष स्वार्कार गरेकाे जिल्ला प्रहरी  कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
यस्तै २० वर्ष अगाडि २०६० साल फागुन १३ गते अर्घाखाँची जिल्ला शितगगा नगरपालिका वाडनम्वर ८ चरिङ्गे बस्ने राेल्पा जिल्ला साविक गाम गाविस वाडनम्वर २ कि ४५ वर्षिय नन्दा घर्तिलाइ हत्या गरि फरार रहेका राेल्पा जिल्ला साविक गाम गाविस वाडनम्वर २ घर भई दाङ जिल्ला साविक गाेबरडिडा गाविस वाडनम्वर १ टहडा बस्ने केशलाल घर्तिलाई राेल्पा जिल्ला सुनछहरी गाउँपालिका वाडनम्वर ३ बाहिरी गामबाट विशेष सुराकिकाे सुचनाकाे आधारमा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयाे ।
मृतक घर्तिकाे घरमा गई पैसा माग्दा नदिएपछि घाँटी अठ्याइ हत्या गरि भागेकाे प्रहरी समक्ष केशलालले स्वार्कार गरेकाे प्रहरीले बताएकाे छ । हत्या अभियुक्तहरूलाई जिल्ला अदालत अर्घाखाँची बाट म्याद थप गरि अनुसन्धान गरिरहेकाे प्रहरी प्रमुख राठौरले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार