नेकपा एमाले अर्घाखाँचीले भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा अस्थायी आवास निर्माणका लागि १५ जना स्वयंसेवकलाई खटाएको छ ।
मंसिर ५ गतेदेखि १७ गतेसम्म रहने गरि उपसचिव शम्भु प्रसाद पोख्रेलको नेतृत्वमा स्वयंसेवक टोलि रुकुम प्रस्थान गरेको नेकपा एमालेका सचीव तोजबहादुर रायमाझी बिधानले जानकारी दिनु भयो ।
स्वयंसेवक टोलिलाई यात्रा सफलताको शुभकामना दिदै नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जनता संग नजिक भएर उत्कृष्ट कार्य सम्पादन गर्न आग्रह गर्नु भएको थियो । स्वमसेबकहरुले जटिल अबस्थामा खटिएर गरेको काम सूनौला अक्षरण लेखीने भुसालले बताउनु भयो । अर्घाखाँची जिल्लाको टोलिले गरेको काम त्यहाँका स्थानीयले स्मरण गर्ने गरि गर्नु पर्दछ ।
भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास नहुँदा चिसोले अहिले सम्म ५ जनाको निधन भएको छ । नेकपा एमालेले एक हजार स्वयंसेवकलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको छ ।