उत्तराखण्ड । उत्तराखण्डको सिल्कारा सुरुङमा फसेका लखिमपुर खेरी जिल्लाको भैरमपुर गाउँका मञ्जितकी आमाले छोरा सकुशल बाहिर निस्केकोमा खुसी व्यक्त गरेकी छन् । मञ्जितकी आमा चौधराइन भन्छिन्, ‘यी १७ दिन निकै कठिन थिए । हामी हरेक दिन भन्थ्यौँ आज बाहिर निस्कन्छ, भोलि निस्कन्छ । यसरी १७ दिन बित्यो । हामी आज बल्ल दीपावली मनाएका छौँ । छोरो सकुशल बाहिर आयो । अब हामी उसलाई त्यस्तो खतरनाक ठाउँमा पठाउने छैनौँ ।’
नेपाल–भारत सीमावर्ती लखिमपुर खेरी जिल्लाको दुधवा टाइगर रिजर्भसँग जोडिएको भैरमपुर गाउँमा रहेको मञ्जितको घरमा मंगलबार रातिदेखि नै चहलपहल चलिरहेको छ । उनका छिमेकीहरू घरमा मञ्जितको अवस्थाबारे जानकारी लिन आउँदैछन्।योसँगै पत्रकारका गाडी पनि गाउँमा आउने क्रम जारी छ । मञ्जितको घरमा बुबा चौधरी, आमा चौधरी बाहेक दुई साना बहिनी पनि छन् ।