अनिल नेपाली
अर्घाखाँची
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले कृषकका समस्या प्रति आफुहरु जिम्मेबार रहेको बताउदै कृषिलाई व्यबसायिकरण र उत्पादनमुलक बजारीकरणको ग्यारेन्टी सहित कृषकका समस्या लाई समाधान गर्न सरकार जिम्मेबार हुनुपर्ने बताउदै देशलाई समृद्धि बनाउनको लागि कृषिको महत्वपुर्ण भुमिका रहेकोले कृषि र पशुपालनका समस्यालाई समयमै राज्यले निराकरण गरी भारतबाट आयात हुने बिषादीयुक्त खाधान्न तथा तरकारीलाई रोकी स्वदेशी उत्पादनको निर्यातलाई बढाउनुपर्ने बताएका थिए प्लाईन्ट क्यारेण्टिन तथा बिषादी ब्यबस्थापन केन्द्र क्वारेन्टिन कार्यालय कपिलबस्तु कृष्णनगर द्धारा आयोजित कार्यक्रममा मन्तब्य राख्दै प्रमुख कोईरालाले यस्तो बताएका हुन् ।
कोईरालाले देशमा पहिला जनताका मुद्धा स्थापित गर्नका लागि राजनितिक क्रान्ति भई जनताका मुद्धा स्थापित भएको बताउदै अब आर्थिक समृद्धिको लागि सबै एकजुट भई देशको अर्थतन्त्रलाई माथि उठाउनुपर्ने बताउदै कृषिको व्यबसायिककरण र यान्त्रिकीकरणको लागि आफुले कृषि बिज्ञ सगको समन्वयमा डिपिआरको योजना अगाडि सारी जिल्लाको कृषि पेशालाई सम्मानको पेशा बनाउनको लागि पहल गर्ने बताएका थिए ।
कार्यक्रमा क्वारेन्टाईन प्रमुख बुद्धिराम भट्टाराईले मन्तब्य राख्दै कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर क्वारेन्टाईन व्यबस्थापन गरीआयात निर्यात व्यबस्थित बनाई स्वदेशी किसानलाई संरक्षण गर्न उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै भट्टराईले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको गुणस्तरीयता मापन बजारीकरणको विकास गरी कृषकको आम्दानीमा सहयोग पुग्ने विश्वास व्यक्त गदै कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न स्वदेशी कृषकको जीवनस्तर माथि उठाउनको लागि कृष्णनगर नाकामा कडा गरिने बताउदै स्वदेशी उत्पादनको विक्री वितरणको लागि आफुले सहजीकरण र सहयोग गर्ने बताए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरे , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख विष्णु मगराती , कुषक विष्णु प्रसाद भुसाल, पुष्करनाथ बन्जाडे ,गणेश बन्जाडे ,देब बहादुर खड्का अम्मर श्रेष्ठ लगायतले मन्तब्य राख्दै कृषि पेशालाई व्यबस्थित बनाउनको लागि बजारको ग्यारेन्टी सरकारले गरिदिएमा आफुहरुलाई अनुदान दिन नपर्ने बताउदै सरकारले बनाएका निति नियम कडाईका साथ लागु गनुपर्ने बताए कार्यक्रम प्रमुख बृद्धिराम भट्टाराईको अध्यक्षता कृषि ज्ञान केन्द्रका बागबाली अधिकृत शिवलाल घिमिरेको सञ्चालनको कृषि अधिकृत श्यामलाल शाही स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्लाका अगुबा कृषक प्राविधिक सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियोे ।