करिश्मा खनाल
गुल्मि । गुल्मि जिल्लाको छत्रकोट गाउँपालिकाको खज्र्याङ्गमा पब्लिक लुिम्वनी युनाइटेड अस्पताल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
अस्पताल सञ्चालन समितीले आज पत्रकार सम्मेलनको आयोजना गरि यहि पौष १४ गते औपचारिक रुपमा अस्पतालको सुरुवात गरिने अस्पताल समितीका अध्यक्ष सरोज पाण्डेले जानाकारी दिनुभयो ।
खज्र्याङ्ग पब्लिक हेल्थ लिमिटेड गुल्मी र लुम्विनी मेडिकल कलेज पाल्पाको सयुक्त लगानीमा सञ्चालन हुन लागेको अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा,अन्तरंग सेवा,भिडियो एक्सरे,इसिजि,प्रयोगशाला र ओपडि सेवा नियमित सञ्चालन गरिने निर्देशक नारायण प्रसाद अर्यालले जानाकारी दिनुभयो ।
लुम्विनी मेडिकल कलेजका सञ्चालक रामप्रसाद प्रोखेलले अस्पताललाई रिर्फर सेन्टरको रुपमा नभई यहाँका स्थानीयलाई अधितम सेवा दिने उदेश्यले स्थापना गरिएको बताउनुभयो । कुल १० करोडको लागतमा सेवा सञ्चालनमा आउने जनाईएको छ । सरोज पाण्डेको अध्यक्षता निर्देशक नारायण प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महांसघ गुल्मि अध्यक्ष टोपलाल अर्याल,अर्घाखाँची अध्यक्ष अशोक खनाल लयायतले मन्तव्य राख्नुभएको थियो ।