७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

विश्वका शत्ति राष्ट्रकाे नजर नेपालमा : उपमहासचिव ज्ञवाली


अर्घाखाँची । नेकपा एमाले केन्द्रीय उपमहासचिव प्रदिप कुमार ज्ञवालीले नेपालमा केही हुन्न भन्ने निरास राेक्नु पर्ने बताउनुभयाे । नेपाल अब बन्दैन भन्ने निरास भएर युवाहरू विदेशी जाने क्रम तिव्र भएकाले,नेपालमा पनि सम्भावना छ भन्ने  बनाउन सबै लाग्नु पर्ने बताउनुभयाे ।
नेपालकाे अर्थतन्त्र निकै कमजाेर अवस्था रहेकाे बताउनुभयाे ।
विहिवार सन्धिखर्कमा पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकतालाइ सम्बाेधन गर्दै नेता ज्ञवालीले कर्मचारीकाे तलव, निर्माण व्यावसायिले काम गरेकाे रकम समेत भुत्तानी गर्न नसक्ने अवस्था रहेकाे बताउँनुभयाे ।
नेता ज्ञवालीले नेपाल अहिले सम्मकै जटिल माेडमा रहेकाे बताउनुभयाे । देशका सबै क्षेत्र कमजाेर अवस्थामा पुगेकाे उहाँको भनाइ रहेकाे छ ।
नेता ज्ञवालीले बलिया विश्वका शत्ति राष्ट्रहरूले नेपाललाइ प्रयाेग गर्न प्रयासरत रहेकाे बताउँदै,नेपाल कुनै देशमा कित्तामा नगई आफनाे स्वामिमानकाे रक्षामा लाग्नु पर्ने बताउनुभयाे ।
बेथितका विरूद्वमा एमाले जाेडदार तरिकाले उठाउन अलि कम भएकाे स्वार्कार गर्दै जनताका मागलाइ सम्बाेधनमा एमालले नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्ने धारण राख्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार