९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

सत्ता गठबन्धनले देशका सबै अंग फेल गराउन लागे :  उपमहासचिव ज्ञवाली


गणेश खनाल
अर्घाखाँची, १६ माघ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सहिदहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै पार्टीको तर्फबाट शहिदका सपना पार्न कुनै कसर बाँकी नराख्ने बताए । उनले भने ‘सहिदहरुले देखाएको सपना पुरा गर्नका लागी समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाउँने कुरामा कुनै कसुर बाँकी नराख्ने बताए ।
नेकपा एमाले अर्घाखाँचीले सन्धिखर्कमा ३ दिनसम्म सञ्चालन गर्ने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाट गर्दै ज्ञवालीले भने ‘योजनावद्ध ढंगले देशभर प्रशिक्षण सञ्चालन गर्ने बताए।’ उनले भने कार्यकर्ता, नेताहरुको स्तर हेरेर मात्र स्कुलिङ्ग सञ्चालन गछौँ, आधारभुत तहको स्कुल, माध्यमिक, उच्च, विशिष्ट तहको गरी चार तहका प्रशिक्षणहरु सञ्चालन गछौँ।’
देशभर स्कुलिङ्ग सञ्चालन गछौँ ‘एमालेबाट हरेक तहमा बन्ने उम्मेदवारले प्रमाणपत्र पेश गरेर मात्रै बन्ने गरी कार्ययोजना बनाउँने तयारी छ, ज्ञवालीले भने । स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रधान भएको बताए । उनले भने,‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्वपूर्ण हो ।’
ज्ञवालीले एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएको बताए । ‘सातै प्रदेशका स्कुलहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालन गछौँ । विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने बताए । उनले वर्तमान गठबन्धनको हातमा सरकार गएको साढे २ वर्षयता देशका हरेक सुचकहरु नकारात्मक तथा जोखिमपुर्ण देखिएको टिप्पणी गरे ।
नेपालले भारतलाई १० हजार मेगावार्ट विद्युत विक्री गदैँ छ, त्यो राम्रो उर्जा व्यापार हुदाँ नकारात्मक हुनुपर्ने कारण छैन, तर भारतले विद्युत लैजादैँ गर्दा नेपालका जलस्रोत, नदिनालाहरु होल्ड गर्ने सर्तमा विजुली लगेको आरोप लगाएका छन् ।
उनले भने एकजना विरामी निमोनियमा भयो, भनेर अस्पतालमा गएछ, औषधी खादै जादाँ मृगौला, मुटु हुदैँ शरिरका सबै अंगमा काम गर्न छोडेछ अनि बिरामीको मृत्यु भएछ, ज्ञवालीले थप गर्दै भने ‘बिरामीको मृत्यु भएजस्तै हाम्रो देशका सबै अंगहरु फेलहुने क्रममा अगाडी बढेका छन् हाम्रो देशको राष्टियतामा असर सरकारबाटै भएको छ ।’
गठबन्धन सरकारलाई सत्ता टिकाउँने हितका लागी पराष्ट्र नितिलाई ध्यान नदिई शक्तीकेन्द्र देशसँग अनावश्यक रुपमा हिमचिम बढाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार