२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

नेकपा एमाले अर्घाखाँची प्रशिक्षण कार्यक्रम समापन

गणेश खनाल । नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय , प्रदेश , जिल्ला तहमा रहेर प्रतिनिधित्व गर्ने १ सय ५० जनालाई प्रशिक्षण दिईको नेकपा एमाले अर्घाखाँचीले जानकारी दिएको छ । माध्यमिक तहको तीन दिनको कलास लिएका व्याक्तिहरुलाई पालिका स्तर , टोल स्तरमा पुगेर प्रशिक्षण दिनुपर्ने गरि जनशक्ति तयार पारिएको नेकपा एमाले लुम्बिनी प्रदेश स्कूल बिभावगका संयोजक लक्ष्मण ज्ञवालिलले बताउनु भयो । नेकपा एमाले अर्घाखाँचीले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको समापन गर्दै उहाँले  लुम्बिनी प्रदेशका सबै जिल्लामा तालिम सञ्चालन गरिने गरि तयारी गरिएको ज्ञवालिले बताउनु भयो । 
 लामो समय पछि भएको प्रशिक्षणले नेता तथा कार्यक्रतामा उत्साह आएको नेकपा एमालेका केन्द्रिय सल्हाकार नरेन्द्र कुमार क्षेत्रीले बताउनु भयो । तालिमले भोक जगाएको र आव्यसक साम्रागीको खोजि गरि निरन्तर रुपमा क्रियशिल हुनु पर्ने क्षेत्रीले बताउनु भयो । नेकपा एमालेको स्कूल बिभागले प्रशिक्षण सञ्चालन गरेर नेता कार्यक्रतालाई उर्जा थप्ने कार्य गरेको नेकपा एमालेका केन्द्रिय सल्हाकार नजिर मियाँले बताउनु भयो ।नेकपा एमाले अर्घाखाँचीले जिल्लामा माध्यमिक तहको स्कूल सञ्चालन गर्ने गरि तयारी गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताउनु भयो । तीन दिनको तालिमका सहभागी भएका सहभागीलाई प्रमाणपत्रको व्यास्था गरिएको र नेकपा एमालेका जुन सुकै संगठनहरुमा उम्मेद्धवार बन्नको लागी आधारभुत प्रशिक्षण लिएको प्रमाण पेश गर्नुपर्ने व्यबस्था गरिएको नेकपा एमालेका जिल्ला सचिब तोजबहादुर रायमाझीले जानकारी दिनु भयो । तीन दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा  नेकपा एमालेका उप महासचिब प्रदिप ज्ञवाली , सचिव पदमा अर्याल,  , पोलिटब्युरो सदस्यहरु ठाकुर गैैरे,  सूर्य थापा,   ईश्वरी रिजाल,  , केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, ,चेतनारायण आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेल , पार्टी स्कुल बिभाग सचिव घनश्याम कोईराला,  पार्टी स्कुल बिभाग सदस्यहरु वाईपी आचार्य ,बद्री खनाल, ,रामशरण प्याकुरेल पार्टी  , लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे लगाएतले प्रशिक्षण दिनु भएको नेकपा एमालेका कार्यालय सचिब लिलबहादुर बि.कले जानकारी दिनु भयो । तालिममा सहभागी रिषीराम घिमिरे र बसन्ता पौड््ैलले सहभागीको तर्फबाट मन्तव्य राख्दै प्रशिक्षण उपलब्धीमूलक भएको बताउनु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार