काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा प्रश्न उठाएका छन् ।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले योग्य जतिलाई छाँटेर उपकुलपतिको अल्पसूचीमा गठबन्धनका आसेपासेहरुलाई मात्र राखेको बताएका हुन् ।
‘प्रधानमन्त्रीजीले अस्ति नै २/४ पल्ट नै खोक्नुभयो, अब विश्वविद्यलयमा मेरोटोक्रेसी हुन्छ, दलीय आधारमा हुन्न’ उनले भने, ‘गठबन्धनका आसेपासे, अयोग्य साबित भइसकेका, ठाडै राजनीतिक दलको सेवा गरेर कुद्नेहरुको सर्टिङ गर्नुभएको छ ।’
प्रधानमन्त्रीले मेरिटोक्रेसीको कुरा गरिरहँदा नै आफूले भेटेर कसको नेतृत्वमा छनोट समिति बनाउन लागेको भनेर सोधेको उनले स्मरण गरे । उनले अगाडि भने, ‘उहाँको मेरोटोक्रेसी पहिला नै देखियो, गठबन्धनको हुनुपर्ने, अनुचित अपवित्र क्रियाकलाप गरेको प्रमाणित हुनुपर्ने ।’