२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

कानुन निर्माण,सभा सञ्चालनबारे प्रदेश र स्थानिय तहविच छलफल

गणेश खनाल
अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सचिवालय लुम्बिनीकाे आयाेजनामा लुम्बिनी प्रदेश सभा र स्थानीय तहविच कानुन  निर्माण तथा सभा सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम विहिवार सन्धिखर्कमा सम्पन्न भएकाे छ ।


लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्ती मगरले संघिय शासन प्रणालीमा प्रदेश सभा मुख्य मेरूदण्ड रहेकाे उल्लेख गर्दै सघियताकाे विषयमा दलका नेताहरू स्षट हुनुपर्ने बताए । प्रदेश सभा सभामुख घर्ति मगरले स्थानिय तहका प्रमुखले आफनाे अधिकारलाइ प्रयाेग नगर्ला स्थानिय सरकारलाई अरू कसैले चलाइरहेकाे बताए । सम्बन्धित स्थानीय तहकाे प्रधानमन्त्री साे क्षेत्रकाे प्रमुख रहेकाे बताउँदै आफनाे हैसियत कायम गर्नुपर्ने उल्लेख गर्दै एउटा सिडियाे,एउटा एनजीओ वालाले बाेलायाे भनेर सबै काम छाेडेर नहिड्न आग्रह गर्नुभयाे ।
प्रदेशले निर्माण गर्ने  कानुन जनमैत्रि बनाउने उदेश्यले जिल्ला तहका धारण बुझ्न जिल्ला जिल्ला हिडिरहेकाे सभामुख मगरकाे भनाइ रहेकाे थियाे ।


कार्यक्रममा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया,सभा सञ्चालनमा भईरहेका कामलाई थप प्रभावकारी बनाउने  उदेश्यले अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे लुम्बिनी प्रदेश सभा सचिवालय उपसभामुख मेनुका खाण केसिले बताईन् ।
कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले प्रदेश सभा र स्थानीय तहकाे कानुन निर्माण प्रक्रिया र गाउँ सभा/नगर सभा सञ्चालन सम्बन्धि विषयमा  प्रदेश सभा सचिवालय अधिकृत सम्झना सुवेदीले सहजिकरण गर्नुभएकाे थियाे ।
लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले तीन तहका सरकार विच सहर्कायमा हरेक काम हुनुपर्ने बताए ।


कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेइराला,सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,शितगगा नगरपालिका प्रमुख छविलाल पाैडेल,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्याैपाने,छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थि लगायतले कार्यक्रममा बाेलेका थिए ।


कार्यक्रम जिल्ला समन्वय उपप्रमुख लक्ष्मि शर्मा ज्ञवाली, सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आर्चाय,भुमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण बजान्डे,शितगगा नगरपालिका उपप्रमुख गिता भाट,मालारानी गाउँपालिका उपाध्यक्ष दिपा प्राेखरेल,पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मला पाैडेलले,वाड अध्यक्ष,गाउँकार्यपालिका सदस्य,नगरकार्यपालिका सदस्य लगायतको उपस्थित रहेकाे थियाे ।


सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुम भुसाल,भुमिकास्थान नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आर्चाय ,कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल,शितगगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अजुर्न शर्मा, याेजना अधिकृत नुमलाल खनाल,मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कडेल,पाणिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राेमाकान्त न्याैपाने,छत्रदेव गाउँपालिका कम्युटर अधिकृत शिव बहादुर सुनारले लगायतले कार्यालयबाट भएका प्रगतिबारे प्रस्तुतीती राखेका थिए । कार्यक्रम सञ्चालन अशाेक ढुङ्गानाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार